प्रधानमन्त्री ओलीले गरे रघुनाथपुर-सुन्दरपुर कालोपत्रे सडकको शिलान्यास
ढल्केवर : प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्तरीमा रघुनाथपुर-सुन्दरपुर कालोपत्रे सडक शिलान्यास गरेका छन्। महोत्तरीको हुलाकी राजमार्ग रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर ८.३८४ किलोमिटर कालोपत्रे सडकको शुक्रबार प्रधानमन्त्री ओलीले शिलान्यास गरेका हुन्।
मधेश प्रदेशमा २१ स्थानीय तहका केन्द्रहरूलाई पक्की सडक सञ्जालसँग जोड्ने गरी सञ्चालन हुन लागेको योजनाअन्तर्गत रघुनाथपुर–सोनमा–तरहारी–सुन्दरपुर निर्माण हुन लागेको मधेश प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री सरोज कुमार यादवले जानकारी दिए।
विश्व बैंकको अनुदान ऋण ३४ करोड ६९ लाख ५० हजार ६१६ बजेटको टेन्डर हुँदा ढुकुछु निर्माण कम्पनीसँग १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँमा भ्याट सहितको बजेटमा २०८३ चैत्र ११ गते सम्म सडक निर्माण गर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेलाल कर्णले बताए।
प्रतिक्रिया दिनुहोस !