बागमतीमा बहादुरलाई भाग दिन्छु भनियो, दिइएन

बागमतीमा बहादुरलाई भाग दिन्छु भनियो, दिइएन
सुन्नुहोस्

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार ५ जना नयाँ मन्त्री नियुक्त गरे । मन्त्रिपरिषद् १४ सदस्यीय बन्यो । तर, पूर्वसहमतिअनुसार निवर्तमान मुख्यमन्त्री बहादुर सिं लामा पक्षलाई नसमेटेको भन्दै उनी पक्षधर नेताहरू असन्तुष्ट बनेका छन् । 

मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद्मा ‘भाग दिन्छु’ भनेर पार्टी सभापति शेरबहादुर देउवासँग गरेको सहमति कार्यान्ययन नभएको भन्दै लामा पक्षधर नेताहरूले आक्रोश पोखेका छन् । लामाले नियुक्त गरेका तीन मन्त्रीलाई बानियाँ नेतृत्वको मन्त्रिपरिषद्मा पुनः समेट्ने पूर्वसहमति कार्यान्वयन नगरेको लामा पक्षधर नेताहरूको आरोप छ ।

लामालाई संसदीय दलको नेता हटाउन बानियाँले अविश्वासको मत दर्ता गरेपछि लामाले तीनजना मन्त्री नियुक्त गरेका थिए । त्यस बेला धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्रीमा नियुक्त गरी शपथ खुवाउने तयारीसमेत गरेका थिए । तर, लामा संसदीय दलको नेताबाट हटाइए । मुख्यमन्त्रीबाट राजीनामा दिनुपरेपछि मन्त्रीहरूले शपथ पनि खान पाएनन् । तीनै तीनजनालाई नयाँ मन्त्रिपरिषद्मा समेटने पूर्वसहमति तोडिएको लामा पक्षधरको आरोप छ । 

बागमतीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ मन्त्रालय छन् । जसमा सत्ता साझेदार एमालेको भागमा ६ र कांग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ वटा मन्त्रालय परेका थिए । गत २० साउनमा मुख्यमन्त्रीमा नियुक्त बानियाँले सोही दिन एमालेका ६ र कांग्रेसका आफू पक्षधर दुईजनालाई मन्त्री नियुक्त गरेका थिए । ५ जना कांग्रेसका मन्त्री नियुक्त गर्न बाँकी थियो । मुख्यमन्त्री बानियाँले निवर्तमान मुख्यमन्त्री लामाले नियुक्त गरेका ३ जनालाई मन्त्रिपरिषद्मा लैजानुपर्नेमा ५ जना नै आफू पक्षधरका सांसदलाई मन्त्री बनाएको भन्दै लामा पक्षधरका नेता गोविन्द लम्सालले असन्तुष्टि व्यक्त गरे ।  उनले भने, ‘पार्टी केन्द्रीय सभापति शेरबहादुर देउवा दाइसँग बसेरै निवर्तमान मुख्यमन्त्रीबहादुर सिं लामाले नियुक्त गरेका ३ जनालाई मन्त्री बनाउने सहमति भएको थियो ।

देउवा दाइले हामीसँग गरेको सहमति कार्यान्वयन गराउनु भएन । विश्वासको मत प्रदान गर्ने दिन पनि तिमीहरूको माग पूरा हुन्छ, मतदान गर्न जाऊ भनेर देउवा दाइले फोन गरेर भन्नुभयो । त्यसलगत्तै पार्टी सभापतिको कुरा मानेर विश्वासको मत दिन गयांै र दियौं पनि । तर, अहिले आएर सहमतिविपरीत काम भयो ।’ उक्त दिन विश्वासको मत दिएपछि मुख्यमन्त्री बानियाँको पक्षमा ६३ मत परेको थियो । 

प्रस्तावको विपक्षमा २२ र तटस्थमा ७ मत मात्र पर्‍यो । त्यसपछि बानियाँ मुख्यमन्त्री बने । ‘मन्त्रिपरिषद् विस्तार गर्दा भने उहाँले हामीसँग कुनै पनि छलफल नै नगरी पूर्वसहमतिविपरीत पेलेरै ५ जना आफ्ना मन्त्री नियुक्त गर्नुभयो । पूर्वसहमतिमा नियुक्त भइसकेका ३ जना मन्त्रीलाई मन्त्रिपरिषद्मा समेट्ने भन्ने थियो । हाम्रो बटम लाइन नै यही रहेको थियो’, लम्सालले भने । संसदीय दलको नेताका लागि भएको निर्वाचनमा आफूलाई मतदान नगर्ने १४ सांसदमध्ये कसैलाई पनि मन्त्री नबनाएको उनले बताए । 

मुख्यमन्त्री बानियाँले नियुक्त गरेका ५ जना मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नवनियुक्त मन्त्रीहरू प्रभात तामाङ, कञ्चनचन्द्र बादे, सुरेश श्रेष्ठ, उर्मिला केसी नेपाल र बिनु रायमाझीलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले शपथ गराएका हुन् । मुख्यमन्त्री बानियाँले प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, कञ्चनचन्द्र वादेलाई सामाजिक विकास मन्त्रालय, सुरेश श्रेष्ठलाई संस्कृति तथा पर्यटन मन्त्रालय, उर्मिला नेपाललाई युवा तथा खेलकुद मन्त्रालय र बिना रायमाझी पौडेललाई सहकारी तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.