पर्यटन प्रवर्द्धनको नयाँ नीति, टिकटकसँग सहकार्यको योजना

पर्यटन प्रवर्द्धनको नयाँ नीति, टिकटकसँग सहकार्यको योजना
सुन्नुहोस्

काठमाडौं : नेपालले लोकप्रिय सामाजिक सञ्जाल टिकटकसँग सहकार्य गरी पर्यटन प्रवर्द्धनको नयाँ रणनीति अवलम्बन सुरु गर्ने भएको छ। नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्धनका लागि टिकटक सञ्जालसँग सहकार्य गर्ने भएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.दीपकराज जोशीले जानकारी दिए।

बोर्ड र टिकटकबीच मंगलबार सहकार्यका लागि सम्झौता हुँदैछ। यस कार्यक्रममा सहभागी हुन टिकटकका एसिया हेर्ने सिंगापुर कार्यालयका उपाध्यक्ष नेपाल आउने कार्यक्रम रहेको छ। 

सन् २०१६ मा टिकटक सार्वजनिक भएको हो। करिब ९ वर्षमा नै संसारमा सबैभन्दा लोकप्रिय सामाजिक सञ्जालका रूपमा टिकटक रहेको छ। टिकटकमा प्रयोगकर्ताले १५ सेकेन्डदेखि ३ मिनेटसम्मका रमाइलो, शैक्षिक, नृत्य, संगीत, हास्य वा अन्य किसिमका भिडियोहरू सजिलै बनाएर पोस्ट गर्न सक्छन्। यसमा फिल्टर, संगीत, इफेक्टजस्ता सुविधा उपलब्ध हुन्छन्, जसले भिडियोलाई आकर्षक बनाउन मद्दत गर्छ।

प्रयोगकर्तासँगको पहुँच र सामग्रीको हिसाबले टिकटक पावरफुल प्लाटफर्म भएको प्रमुख कार्यकारी जोशी सुनाउँछन्। अहिले एसिया प्यासफिक क्षेत्रमा पर्यटन प्रवर्धनका लागि सहकार्य भइरहेको भए पनि त्यसको पहुँच संसारभर हुने उनको भनाइ छ। 

‘संसारको पर्यटनको प्रचलन मनोरञ्जन र विविध गतिविधिमा रमाउने खालको छ। १०औं लाखले टिकटक हेर्छन्। यसमा लाइट, अपिलिङ र मनोरञ्जनात्मक सबै किसिमका सामग्री हुन्छन्। यही कारणले पर्यटनसँग सम्बन्धित सामग्रीहरूको प्रचारप्रसारका लागि उपयुक्त माध्यम हुन्छ भनेर टिकटकसँग सहकार्य गर्न लागेका हौंं। यस्तो सहकार्य अरू मिडियम र च्यानलहरूसँग पनि गरिनेछ,’ जोशीले बताए।

सन् २०२४ मा करिब साढे ११ लाख पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२५ को हालसम्म करिब साढे ७ लाख पर्यटक नेपाल भित्रिएका छन् भने आगामी ५ महिना गरी करिब १३ लाख पर्यटक भित्रिने बोर्डको अनुमान छ। बढीभन्दा बढी पर्यटक नेपाल भिœयाउन र प्रचारप्रसार गर्न टिकटक प्रभावकारी माध्यम हुने अपेक्षा बोर्डको हो। 

नेपालको पर्यटन क्षेत्र महामारीपछिको अवस्थामा पुनर्रुत्थानको क्रममा छ। टिकटकजस्ता प्लेटफर्महरूले भर्चुअल दृष्टान्त सिर्जना गर्न र लक्षित दर्शक समूह, विशेष गरी युवावर्ग र साहसिक पर्यटकसँग प्रत्यक्ष अन्तरक्रियाको माध्यम हुन सक्छ। यसका माध्यमबाट भिजिट नेपाललगायत अभियानलाई आकर्षक, छोटो र भिडियो सामग्रीमा रूपान्तरण गर्न, स्थानीय व्यवसाय (आवास व्यवस्था, खाना, गाइड)सँग सहकार्य गरी सामग्री प्रवर्धन गर्न, आन्तरिक पर्यटकलाई आन्तरिक भ्रमण र गन्तव्य खोजमा आकर्षित गर्न पनि प्रभावकारी बन्न सक्छ।

आन्तरिक र बाह्य प्रवर्धनका लागि टिकटकसँगको सहकार्य प्रभावकारी हुने भन्दै जोशी भन्छन्, ‘एउटा टिकटक एपको माध्यमबाट गरिनेछ। जसमा हामीले हाम्रो कन्टेन क्रियटरबाट आएका सामग्री फिड गर्नेछौं। त्यो भनेको, खाना, जात्रा, गन्तव्य, मौसम, योग लगायय हुन सक्छन्।’
टिकटक नेपालमा सामाजिक विभाजन र अश्लील सामग्रीका कारण २०८० कार्तिक २७ मा प्रतिबन्धित भयो। तर, आर्थिक लाभ, पर्यटन प्रवर्धन र व्यावसायिक उपयोगको कारणले २०८१ साउन–भदौ (अगस्त २०२४) मा नियमनसहित पुनः खोलियो।

प्रतिबन्धपछि टिकटक खुलाउँदा शिक्षा, स्वास्थ्य र पर्यटन प्रवर्धन र चेतनाका लागि टिकटकले सहयोग गर्नुे सर्त थियो। सोहीअनुसार टिकटक र बोर्डको सहकार्य हुँदै छ। टिकटकले पर्यटन प्रवर्धनसँगै केही अभियन्ता पनि पठाउने र विभिन्न गन्तव्यहरू प्रचारप्रसार गर्ने पनि कार्ययोजना रहेको छ।

यस्तै, स्थानीय कन्टेन्ट क्रियटर्सलाई २–३ वटा वर्कसप राखेर क्षमता अभिवृद्धि, साना तालिम दिने पनि कार्यक्रम रहेको जोशीले जानकारी दिए। बोर्ड चालु आर्थिक वर्षको बजेट (करिब १ अर्ब ४९ करोड रुपैयाँ) पनि पारित गरी सकेकोले पर्यटन प्रवर्धनको बजार रणनीति बनाइरहेको प्रमुख कार्यकारी जोशी बताउँछन्। पर्यटन प्रवर्धनका लागि पुराना गन्तव्यसँगै नयाँ गन्तव्य बजारमा पनि रणनीति बनाइरेको बोर्डको भनाइ छ। 

‘बौद्ध धर्मावलम्बी देशहरूमा बजारीकरणका लागि नेपाल आसियान टुरिजम एयर भनिएको छ। बौद्ध धर्मावलम्बन गर्ने राष्ट्रहरूलाई नेपालको पर्यटनमा आकर्षित गर्ने नीति लिएका छौं,’ जोशीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.