महोत्तरीमा ५१० किलो मरिच बरामद
महोत्तरी : महोत्तरीको मटिहानीबाट प्रहरीले ५१० किलो मरिचसहित १ जनालाई नियन्त्रणमा लिएको छ। मंगलबार मटिहानी नगरपालिका-३ मा मधेश प्रदेश ०१-०१ स ४२९१ नम्बरको अटोलाई चेक गर्दा उक्त परिमाणको मरिच बरामद भएको हो।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उक्त अटोमा १७ बोरा मरिच लोड गरी नेपालतर्फ ल्याउँदै गर्दा प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेका गाडी चालक मटिहानी नगरपालिका-७ का दिलीप खत्वे रहेको प्रहरी प्रवक्ता एवम् डीएसपी शैलेन्द्रकुमार भट्टले जानकारी दिए। बरामद भएको उक्त मरिच र अटो तथा चालक जिल्ला प्रहरी कार्यालय महोत्तरीको नियन्त्रणमा रहेको र आवश्यक अनुसन्धान भइरहेको डीएसपी भट्टले बताए।
प्रतिक्रिया दिनुहोस !