देश बेरोजगार उत्पादन गर्ने कारखाना र भ्रष्टाचारीको कमाई खाने मैदान बन्यो : राजेन्द्र लिङ्देन
झापा : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देशमा बढ्दो बेरोजगारीका कारण परिवार चलाउन छोराछोरीलाई बेच्नु परिरहेको बताएका छन्।
झापाको भद्रपुरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश बेरोजगार उत्पादन गर्ने कारखाना र भ्रष्टाचारीहरूले कमाई खाने मैदानमा परिणत भएको बताएका हुन्।
अध्यक्ष लिङ्देनले सरकारले देशमै सय जनालाई रोजगारी दिने एउटा पनि उद्योगधन्दा स्थापना गर्न नसकेको बताए।
‘नेपाली कांग्रेस र नेकपा (एमाले)ले मिलेर चलाएको देशको हालत हेर्नुहोस् त ?,’ उनले भने, ‘देशलाई बरबाद पार्ने काममा कांग्रेस र एमाले दुवै बराबर जिम्मेवार छन्। देश लुट्ने बेलामा यिनीहरू एकै ठाउँ पनि उभिन्छन्।’
अध्यक्ष लिङ्देनले मन्त्रीहरूबिच को छिटो कमाउने भन्नेमा प्रतिस्पर्धा चलिरहेको आरोप लगाए।
प्रतिक्रिया दिनुहोस !