१८ लाखको अवैध कपडा बरामद, एकजना पक्राउ

१८ लाखको अवैध कपडा बरामद, एकजना पक्राउ
सुन्नुहोस्

महोत्तरी : गौशाला बजारबाट प्रहरीले १८ लाखभन्दा बढी रकम बराबरको अवैध रेडिमेट कपडासहित एकजना भारतीय नागरिक पक्राउ गरेका छन्। इलाका प्रहरी कार्यालय गौशालाले विशेष सूचनाका आधारमा छापामारी गर्दा सो परिमाणको विभिन्न किसिमको रेडिमेट कपडाहरू बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

गौशाला नगरपालिका-५ गौशाला बजारस्थित सुबोध यादवको एकतले पक्की घर भाडामा लिई बस्दै आएका भारतको पश्चिम बंगाल प्रान्त, कोलकताका ३६ वर्षीय मनोज रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ। भन्सार छली गरी संकलन गरिएका ती लत्ता कपडाहरू नियन्त्रणमा लिएको हो।

त्यस्तै सोही स्थानबाट एक थान हरिणको सुकेको छाला (आखेटोपाहार)समेत फेला परेको थियो। बरामद भएका ती भन्सार छलीका लत्ता कपडाहरू उपर आवश्यक कारबाहीका लागि जिल्ला भन्सार कार्यालय बुझाउने कार्य भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.