महिला विश्वकपको संशोधित तालिका घोषणा, बेंगलुरुको चिन्नास्वामीमा खेल नहुने
काठमाडौं : आईसीसीले महिला क्रिकेट विश्वकप २०२५ को संशोधित तालिका घोषणा गरेको छ। तालिका अनुसार विश्वकप बेंगलुरुको एम. चिन्नास्वामी रंगशालामा खेलहरू खेलाइने छैनन्। एम. चिन्नास्वामी स्टेडियममा हुने खेलहरू अब नवी मुम्बईमा सारिएको छ।
नवी मुम्बईको डीवाई पाटिल स्टेडियममा अधिकतम पाँच खेल खेलाइनेछ। यसमा तीन लिग खेल, एक सेमिफाइनल र सम्भवतः नोभेम्बर २ मा हुने १३ औं महिला क्रिकेट विश्वकपको उपाधि खेल हुनेछ।
यदि पाकिस्तानी टोली फाइनलमा पुग्यो भने खेल कोलम्बोको आर. प्रेमदासा रंगशालामा मात्र हुनेछ। यसअघि बेंगलुरुको एम. चिन्नास्वामी रंगशालालाई असुरक्षित घोषित गरिएको थियो।
आईसीसी महिला क्रिकेट विश्वकप सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ।
प्रतिक्रिया दिनुहोस !