मधेशका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी यादवलाई
महोत्तरी : मधेश प्रदेश सरकारका कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी सरोजकुमार यादवलाई दिइएको छ। प्रदेशका मुख्यमन्त्री सतिष सिंह काम विशेषले देश बाहिर गएकाले कार्यवाहक मुख्यमन्त्रीका रूपमा यादवलाई जिम्मेवारी दिइएको हो।
मुख्यमन्त्री सिंहले जारी गरिएको सूचना अनुसार आफ्नो अनुपस्थितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको कार्यसम्पादन गर्नका लागि यादवलाई जिम्मेवारी दिइएको हो।
मधेश प्रदेश सरकार कार्यसम्पादन नियमावली २०८० को नियम १४ को उपनियम (३)बमोजिम यादवलाई सो जिम्मेवारी दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय जनकपुरधामले जनाएको छ। यादव अहिले सिंह नेतृत्वको सरकारमा भौतिक योजना तथा पूर्वाधार मन्त्रीका रूपमा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !