कुटपिटबाट वालिङमा युवकको मृत्यु, दुईजना पक्राउ

कुटपिटबाट वालिङमा युवकको मृत्यु, दुईजना पक्राउ
सांकेतिक तस्बिर
सुन्नुहोस्

स्याङ्जा : कुटपिटका कारण वालिङका एक युवाको ज्यान गएको छ। वालिङ नगरपालिका–५ बाहुनडाँडाका ३२ वर्षीय ढालबहादुर थापाको कुटपिटबाट ज्यान गएको  प्रहरीले जनाएको छ।

कुटपिटमा संलग्न रहेको आरोपमा दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा  २२ वर्षीय सिजन थापा र २४ वर्षीय अनिल शाही रहेका छन्।

प्रहरीका अनुसार,शनिबार राति करिब ११ बजेतिर वालिङ -५ वाहुनडाँडाका थापामाथि कुटपिट भएको सूचना पाएपछि वालिङबाट प्रहरी घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा रहेका थापालाई तत्कालै वालिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि थप उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरा लगिएको थियो। 

उपचारका क्रममा चिकित्सकले राति साढे १ बजे उनलाई मृत घोषणा गरेका हुन्।  घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.