गोरुसिंगे सन्धिखर्क सडक स्तरोन्नतिले यात्रा सहज

गोरुसिंगे सन्धिखर्क सडक स्तरोन्नतिले यात्रा सहज
सुन्नुहोस्

अर्घाखाँची : पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्यले यात्रामा सहजता आएको छ। 

साँघुरो सडक, खाल्टाखुल्टीका कारण र पुरानो पिच भएका कारण जीर्ण बनेको गोरुसिंगे सन्धिखर्क सडकलाई फराकिलो बनाउने, नाली निर्माण गर्ने र पिच तथा कालोपत्रे गर्ने काम अगाडि बढेपछि आजकल यात्रा सहज भएको हो।

गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलोमिटर र चौडाइ केही ठाउँमा ७ मिटर र केही स्थानमा ५ मिटर रहेको छ। गोरुसिंगेबाट सन्धिखर्कसम्म ६७.५ किलोमिटर सडक कालोपत्रे रहेको सडक डिभिजन शिवपुरका डिभिजन प्रमुख इन्जिनियर सविन कोइरालाले बताए।  

पूर्व पश्चिम राजमार्गबाट अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क जोड्ने गोरुसिंगे सन्धिखर्क सडक विस्तार तथा मर्मत कार्य तीव्र गतिमा अघि बढेको थियो। गत आर्थिक वर्ष २०८१/८२ मा पहिरो रोकथाम तथा स्तरोन्नतिमा १ करोड, सडक मर्मतमा डेढ करोड, सडक सुरक्षामा ५५ लाख, सडकको मर्मतमा २ करोड गरी कुल ५ करोडको काम सम्पन्न गरिएको शिवपुर सडक डिभिजनका डिभिजन प्रमुख कोइरालाले बताएका छन्। 

वर्षको समयमा आउने पहिरोले सडक अवरुद्ध हुने भएकाले सडक सुचारु गर्न २ वटा  मेसिन स्टान्डवाइ राखिएको छ। जेसिभी ठाडामा र लोडर नरपानीमा राखिएको छ। गोरुसिंगे सन्धिखर्क सडकको शितगंगा नगरपालिकाको बसेरीको जंगल, अमराई, रिब्दी, सितापुर तथा सन्धिखर्क नगरपालिकाको नरपानीदेखि फुद्बांग सम्मको सडकमा पहिरोको उच्च जोखिममा रहेको डिभिजन प्रमुख कोइरालाको भनाइ छ। चालु आर्थिक वर्ष २०८२/८३ मा  सडक मर्मत तथा स्तरोन्नतिका लागि ८ करोड ४० लाखको बजेट प्राप्त भएको छ। 

गोरुसिंगे सन्धिखर्क सडक स्तरोन्नतिले गति लिएपछि विशेष शक्तिपठीको रुपमा रहेको सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकलाइ सहजता भएको छ। सरर गाडीमा आउन पाएपछि  मन्दिरको दर्शन गर्न आउने धार्मिक पर्यटकहरू लाभान्वित भएका छन्।
सुपा देउराली मन्दिरमा पुगेका जो कहिले चट्टानी भीरमा रहेको साँघुरो डरलाग्दो सडक सम्झन्थे। त्यही चट्टानी डर लाग्दो भीरमा रहेको साँघुरो सडक फराकिलो बनेपछि सुपा देउराली मन्दिरमा आउने धार्मिक पर्यटकहरूलाई सहज भएको छ।

गोरुसिंगे सन्धिखर्क सडकको सुपा देउराली खण्डमा कडा चट्टान भएपछि यसको नयाँ प्रविधि रक एन्चोज प्रयोग गरेर  ड्रिल गरेर आरसीसी ढलान गरे सडक  विस्तार गरिएको हो। लाहुरे बजारदेखि सुपा मन्दिरसम्मको पहिलेको सडकको चौडाइ मुस्किलले साढे ४ मिटर हुँदा यातायात आवागमनमा निकै कठिनाइ रहेको थियो। सडक डिभिजन सिवपुरबाट सडक स्तरोन्नति भइ करिब ९ मि चौडाइ बनाइ कार्य सम्पन्न भएको छ। जसबाट यातायात आवागमनमा सजिलो भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.