उपसभामुख जोडिएको घटनामा सीआईबीले थाल्यो अध्ययन

उपसभामुख जोडिएको घटनामा सीआईबीले थाल्यो अध्ययन
फाइल तस्बिर ।
सुन्नुहोस्

काठमाडौं : उपसभामुख इन्दिरा राना मगरको संस्थाबाट ५ जना बालबालिका गायब गरिएको घटनामा प्रहरीले अध्ययन सुरु गरेको छ। तत्कालीन अवस्थामा इन्दिरा राना मगर कार्यकारी प्रमुख भएको पीए नेपाल नामक गैरसरकारी संस्था अवैध रूपमा बालबालिका ओसारपसारमा संलग्न भएको भएको सूचना सार्वजनिक भएको थियो। यही संस्थाले बाल संगठनबाट जिम्मा लिएका ५ जना बालबालिकालाई अवैध रूपमा ओसारपसार गरेको आरोप छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी प्रमुख एआईजी चन्द्र कुँवर खापुङले यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए। ‘बालबालिका बिक्री गरिएको भन्ने खबर सार्वजनिक भएपछि प्रहरीले पनि आन्तरिक रूपमा अध्ययन र अनुसन्धान अगाडि बढाएको छ,’ खापुङले भने,‘समाचारमा आएजस्तो बालबालिका गायब भएको अवस्था हो भने यो निकै संवेदनशील विषय हो। यसमा प्रहरी आफैंले अनुसन्धान गर्छ। बाल संगठनमा ल्याइएका बच्चा पठाइएको भनिएको छ, यो निकै सिरियस विषय हो। यसमा प्रहरीले विशेष अनुसन्धान सुरु गरेको छ। गलत देखिएमा र प्रमाण भेटिएमा दोषी देखिने जोकोही कानुनी दायरामा आउनेछन्।’

प्रहरी प्रवक्ता विनोद घिमिरेले बाहिर सार्वजनिक भएजस्तो घटनाबारे केकसो भएको हो ? प्रहरीले सत्य तथ्य बुझ्ने काम भइरहेको जानकारी दिए। उनी भन्छन्, यो त संगठित रूपमा भएको मानव तस्करी जस्तो सुनिन्छ, हो हैन ? बुझ्नका लागि प्रहरीले आफ्नो तर्फबाट अनुसन्धान गरेर निष्कर्ष निकालन जरुरी छ। अनुसन्धान सुरु हुनु भनेको व्यक्ति प्रक्राउ गरेर हिरासतमा राख्ने नै भन्या हैन नि। कही कतै गलत काम भएको रहेछ भने प्रहरीले बनाएको अनुसन्धान प्रतिवेदनका आधारमा मुद्दा दर्ता हुन पनि सक्छ।

२०७२ सालमा बाल संगठनका अधिकारीले अवैधरूपमा बच्चा दिएको आरोपपछि सरकारले २०७७ सालमा छानबिन समिति गठन गरेको थियो। उपसभामुख बन्नुभन्दा पहिल्यै इन्दिरा राना मगरको संस्थामा पठाइएका बालबालिकाबारे प्रश्न उठेपछि प्रहरीले समेत चासो देखाएको हो। सीआईबी प्रमुख चन्द्र कुबेर खापुङ भन्छन्, प्रहरीले घटनाको प्रारम्भिक रूपमा बुझ्ने काम थालेको हो। बच्चाहरू कहाँ छन् ? बालसंगठनमा भएमा बच्चा कसरी अन्य ठाउँमा गए ? के भएको हो भन्ने विषयमा जानकारी संकलन गर्न थालिएको छ। 

बेलायती नागरिक डोना स्मिथलाई अवैधरूपमा बच्चा दिएको आरोपमा २०७७ सालमा बाल संगठनका एक अधिकारी पक्राउ परेका थिए। यसपछि बालसंगठनबाटै बच्चा हराउने घटना बाहिरिएको थियो। तत्कालीन सरकारले घटनाको छानबिन गर्नका लागि, पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। यस समितिले नेपाल बाल संगठन र बालमन्दिरमा भएका अनियमितताबारे अनुसन्धान गरी अध्ययन प्रतिवेदन तयार गरेको थियो। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.