पुराना दल नसुध्रिए एउटा पपुलिष्टको पतनपछि अर्को पपुलिष्टले राजनीति गर्छ : महासचिव पोखरेल
काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले पुराना दल नसुध्रिए एउटा पपुलिष्टको पतनपछि अर्को पपुलिष्टले नै लिने बताएका छन्। सामाजिक सञ्जालमार्फत उनले वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र नभई, आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि रहेको बताएका हुन्।
उनले पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका सत्तामा पुगेपनि सुशासन र विधिको शासन दिन नसके सरकारको आयु र प्रभाव क्षणिक मात्र हुने दाबी गरे। ‘पपुलिजम र सामाजिक सञ्जालको अल्गोरिदमका भरमा लहर सिर्जना गरेर सत्तामा पुग्नु एउटा कुरा हो, तर सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ।’ उनले भने ‘वर्तमान राजनीतिक परिस्थिति पुराना दलहरूका लागि संकट मात्र होइन, आफूलाई पुनर्जीवित गर्ने एउटा अवसर पनि हो। विचार, संगठन, आचरण र व्यवहारमा प्रभावकारी सुधार ल्याएर मात्रै पुराना दलहरूले आफूलाई जनतामा पुनः स्थापित गर्न सक्दछन् । यदी पुराना दलहरूले समयमै आफूलाई सुधारगर्न सकेनन् भने, राजनीतिमा एउटा पपुलिष्टको पतन पछि त्यसको ठाउँ पुनः अर्को पपुलिष्टले नै लिने सम्भावना रहन्छ।’
प्रतिक्रिया दिनुहोस !