अन्तरजातीय विवाह गरी श्रीमती अलपत्र पार्ने पक्राउ

अन्तरजातीय विवाह गरी श्रीमती अलपत्र पार्ने पक्राउ
सुन्नुहोस्

गोरखा : फरक जातकी श्रीमती विवाह गरी अलपत्र पारेर फरार रहेका मिलन श्रेष्ठ पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय गोरखाबाट खटिएका प्रहरीले श्रेष्ठलाई धादिङको गजुरी गाउँपालिका–६ राम्चेबाट पक्राउ गरी सोमबार गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। उनीविरुद्ध जातीय छुवाछुत शीर्षकमा मुद्दा दर्ता गरी सात दिनको म्याद लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी प्रमुख एसपी भरत विकले बताए। 

श्रेष्ठविरुद्ध उनकी श्रीमती सहिद लखन गाउँपालिका–१ बक्राङकी मनिका परियारले जाहेरी दर्ता गरेकी थिइन्। धादिङको गजुरी गाउँपालिका–२ मलेखु छेपाङका २२ वर्षीय श्रेष्ठले आफूलाई विधिवत् विवाह गरी भित्र्याएर गर्भवती भएको थाहा पाएपछि फरार भएको मनिकाले जाहेरीमा उल्लेख गरेकी छिन्।

गोरखाको सहिदलखन गाउँपालिका–१ बक्राङकी २१ वर्षकी मनिका परियारसँग २०८० मंसिरमा विवाह गरेका थिए। गत जेठ १० गते मनिकाले छोरा जन्माएकी छिन्। जातीय विभेद गरी मिलन श्रेष्ठले छोराको न्वारान तथा जन्मदर्तासमेत गरेका छैनन् भने भरणपोषण पनि गरेका छैनन्।

श्रीमान् फरार भएको र माइतीको आर्थिक अवस्था कमजोर हुँदा सुत्केरी अवस्थाकी मनिका र उनको बच्चाले पोषिलो खानेकुरा पाएका छैनन्। बस्ने ठाउँको अभाव तथा अन्य समस्याले ग्रस्त छिन्। 

श्रीमान् मिलन श्रेष्ठको परिवारले आफू दलित भएकै कारण घरबाट निकालेको र बच्चालाई समेत अस्वीकार गरेको उनको गुनासो छ। आफ्नो बच्चालाई कानुनले दिने हक अधिकार दिलाउनुपर्ने माग मनिकाको छ। 
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.