रुबी साहको हत्या आरोपी शरीर जलेको अवस्थामा भेटिए
रौतहट : रौतहटमा गत सनिबार भएको रुबी साहको हत्याका मुख्य आरोपी शरीरमा आगो लागेको अवस्थामा फेला परेका छन्।
रुबि साहको हत्या आरोपी लक्ष्मण पासवान रौतहटको माधवनारायण नगरपालिका–६ माधोपुरबाट पश्चिमतर्फको बगैँचा हुँदै बिसुनपुरवा–मानपुर जाने बाटोमा जलेर घाइते भएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। उनलाई प्रहरीले नियन्त्रणमा लिएर गरुडास्थित अस्पताल पुर्याएपनि त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौं रिफर गरिएको जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक नेत्रमणि गिरीले जानकारी दिए।
हत्याका मुख्य आरोपी पासवानले शरीरमा आफैँले आगो लगाएको हुन सक्ने उपरीक्षक गिरीले बताए।
मृतक रुबी साह गौर– २ महादेवपाट्टीमा डेरा गरी बस्दै आएकी थिइन्। उनको गत सनिबार हत्या गरेर सुटकेशमा शव फालिएको अवस्थामा प्रहरीले भेटाएको थियो।
प्रतिक्रिया दिनुहोस !