पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या

पाकिस्तानमा ३० रुपैयाँका कारण झगडा हुँदा दुई दाजुभाइको हत्या
सुन्नुहोस्

काठमाडौं : पाकिस्तानमा झगडा हुँदा दुई दाजुभाइको हत्या भएको छ। पाकिस्तानको रायविन्डमा भएको उक्त झगडामा दुई दाजुभाइ रशिद र वाजिदको हत्या भएको हो। 

हत्या कुनै पारिवारिक कलह वा लामो समयदेखि चलिरहेको विवादका कारण नभएको पाकिस्तान प्रहरीले जनाएको छ। प्रहरी र परिवारले दुई दाजुभाइको हत्याको कारण ३० रुपैयाँ रहेको बताएका छन्।

क्रिकेट ब्याटले टाउकोमा हिर्काएर उनीहरुको हत्या गरेको प्रहरीले जनाएको छ। रशिद र वाजिदका बुबा सईद इकबालले पाकिस्तानको रायविन्ड शहर प्रहरी चौकीमा मुद्दा दर्ता गरेका छन्।   

एफआईआरमा सईद इकबालले प्रहरीलाई बताएअनुसार रशिद र वाजिद दूध व्यापारी हुन्।

अगस्ट २१ मा उनीहरु घर फर्किरहेका थिए। त्यसै क्रममा दुवै दाजुभाइ फलफूल किन्न लाग्दा फलफूल बेच्ने ओवैस र उनका भाइ तैमुरसँग झगडा भएको प्रहरीले जनाएको छ। 

सईद इकबालले ओवैस, तैमुर र उनीहरूका  साथीले लाठी र क्रिकेट ब्याटले आक्रमण गरेर दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।  

घटनाबारे अनुसन्धान गरिरहेका एसपी मोअज्जम अलीले मुद्दामा नाम उल्लेख गरिएका दुवै अभियुक्तलाई प्रहरीले पक्राउ गरेको बताए। उनले  थप अनुसन्धानका लागि उनीहरुलाई अपराध नियन्त्रण विभाग (सीसीडी)मा पठाएको बताए।  

साजिदका अनुसार ओवैसले एक दर्जन केराको १३० रुपैयाँ मागेका थिए। रशिदले आफूसँग १०० रुपैयाँ र पाँच हजार रुपैयाँको ठूला नोट रहेको बताए। त्यसपछि ओवैसले रशिदलाई १०० रुपैयाँमा एक दर्जन केरा किन्न भनेका थिए। 

साजिदका अनुसार तैमुरलाई कम मूल्यमा केरा बेच्ने विचार मन परेन। उनले गालीगलौज गर्न थालेपछि रशिद र वाजिदले गालीगलौजको विरोध गरे।

रशिद र वाजिदका भाइले चर्को बहसपछि ओवैस र तैमुरले क्रिकेट ब्याट र लाठीले आक्रमण गरेर हत्या गरेको बताए।

साजिदले त्यसबेला करिब २५० जना भएपछि लडाई रोक्ने मानवता कसैमा पनि नभएको बताए। 

सदर सर्कलका प्रहरी उपरीक्षक मोअज्जम अलीका अनुसार पहिले दुवै दाजुभाइले मिलेर फलफूल बेच्नेलाई कुटेका थिए। त्यसपछि फलफूल बेच्ने र नजिकैका विक्रेताहरूले दुवै दाजुभाइलाई कुटपिट गरेर हत्या गरेको प्रहरीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.