नेपाल ‘ए’टिम आसामसँग पराजित

नेपाल ‘ए’टिम आसामसँग पराजित
सुन्नुहोस्

काठमाडौं : भारतको गुहाटीमा भइरहेको आसाम र नेपाल 'ए' टिमको ५ खेल सम्मेलित सिरिजमा नेपाल 'ए' टिम आसामसँग पराजित भएको छ। नेपाल 'ए' टिम आसामसँग डीएल(डक वर्थ) प्रणालीमा १५ रनले पराजित भएको हो। 

वर्षाका कारण खेल डीएल पद्धतिमा नेपालले हार बेहोरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १९० रन बनाएको थियो। 

आसामले दिएको १९१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ८ ओभरमा ३ विकेट गुमाउँदै ६४ रन बनायो।

नेपालका लागि शुभ कंसाकरले सर्वाधिक ३३ रनमा अविजित रहे। कप्तान अनिल शाहले २० रन बनाए। मरिन्मोय दत्त,आकाश सेनगुप्ता र अभिलाश मालाकरले १–१ विकेट लिए।
 
त्यसअघि, ब्याटिङ गरेको आसामको लिग कप्तान सुमित घदिअन्करले सर्वाधिक ३४ रन बनाए। ओपनर सुमित काश्यपले २२ रन बनाए। रोहित सेनले २४ रन बनायो। आकाश सेनगुप्ता २४ र अभिनव चौधरी २६ रनमा अविजित रहे। 

नेपालका लागि आकाश चन्दले सर्वाधिक ३ विकेट लिए। कमलसिंह ऐरी र विवेक कुमार यादवले २–२ विकेट लिए। वसिर अहमदले १ विकेट लिए। 

नेपालले सिरिजको दोस्रो खेल शुक्रबार खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.