सरकारले तत्कालै उखु किसानको माग सम्बोधन गर्नुपर्छ : महामन्त्री थापा

सरकारले तत्कालै उखु किसानको माग सम्बोधन गर्नुपर्छ : महामन्त्री थापा
सुन्नुहोस्

महोत्तरी : सरकारले केही रकम थप गरेर भएपनि उखु किसानको माग तत्कालै सम्बोधन गर्नुपर्ने बताएका छन्। बिहीबार दिउँसो महोत्तरीको बर्दिबासमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै महामन्त्री थापाले सरकारले यसलाई प्रतिष्ठाको विषय नबनाए उखु किसानको माग तत्कालै सम्बोधन हुने आन्दोलन समेत रोकिने धारणा राखेका छन्।

उनले भने, ‘कृषि मन्त्रालयले किसानलाई अनुदान बापतको ७० रुपैयाँ उपलब्ध गराउन पहल गरिरहेको छ। चालू आर्थिक वर्षमा समेत अनुदानका लागि २ अर्ब रुपैयाँ बजेट छुट्याइएको थियो। अब यसमा केही बजेट थप गरे पक्कै पनि उखु किसानको समस्या समाधान हुन सकिनेछ।’ उखु किसानको माग स्थायी रूपमै समाधान गर्नका लागि सरकारले तत्कालै छलफलमार्फत दीर्घकालीन समाधान खोज्न थापाले आग्रह गरेका छन्।

महामन्त्री थापाले भने, ‘उखुको मूल्य तोक्न ढिलाइ गर्ने, भुक्तानीमा समस्या हुने, अनुदान नपाउने लगायत उखु किसानसँग जोडिएको समस्या दीर्घकालीन रूपमा समाधान गर्न उपाय खोज्नु पर्छ।’ अर्को प्रसंगमा महामन्त्री थापाले एमाले र कांग्रेस मिलेर बनेको सरकारमा अप्ठ्यारा रहे तापनि सरकार भने तत्काल परिवर्तन नहुने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.