नगरसभा खोज्दै मिथिला नगरपालिकामा रास्वपाको धर्ना, एकहप्ते अल्टिमेटम

नगरसभा खोज्दै मिथिला नगरपालिकामा रास्वपाको धर्ना, एकहप्ते अल्टिमेटम
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषाको मिथिला नगरपालिकाले चालु आर्थिक वर्षको बजेट सार्वजनिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मिथिला नगर कमिटीले नगरपालिकाको मुख्य गेट अगाडि धर्ना दिएका छन्। पार्टीका नगर सभापति विजय कुमार साहको नेतृत्वमा पार्टीका स्थानीय नेता कार्यकर्ताहरूले बिहीबार नगरपालिकाको मुख्य गेट अगाडि आधा घण्टा धर्ना दिएका हुन्।

नगरसभा खोज्दै रास्वपा मिथिला नगर कमिटीले गत साउन १२ गते मिथिला नगरपालिकाका प्रमुख महेन्द्र महतो र उपप्रमुख सुनिता सिंह बुढाथोकीलाई संयुक्त रूपमा ज्ञापनपत्र बुझाएको थियो। त्यसको कुनै सुनुवाइ नभएपछि ज्ञापनपत्र बुझाएको ठ्याक्कै एक महिना लागेपछि उनीहरू धर्ना दिएका छन्।

धर्नामा बसेका रास्वपाका स्थानीय नेता कार्यकर्ताहरूले ‘नगरपालिकालाई बन्दी बनाउन पाइँदैन’, ‘झगडा गरेर बस्ने प्रमुख–उपप्रमुख हामीलाई चाहँदैन’, ‘मेयर साहब ! चालू आर्थिक वर्षको बजेट खै ?’, ‘जनता जान्न चाहन्छन् ! गत आवमा २२ करोड किन फ्रिज भयो ?’, ‘सबै राजनीतिक विचारको सम्मान होस्’ जस्ता नाराहरू लेखिएका प्लेकार्ड बोकेका थिए।

नगर सभापति विजय कुमार साहले यो शान्तिपूर्ण धर्नालाई सामान्य रूपमा नलिन स्थानीय सरकारका प्रमुख र उपप्रमुखलाई सचेत गराएका छन्। उनले अबको एक साताभित्र पनि नगरसभा नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिए। ‘आज हामीले शान्तिपूर्ण रूपमा धर्ना दिएका छौं। अबको एक साताभित्र पनि नगरसभा नभए तालाबन्दी गरेर सशक्त आन्दोलनमा उत्रिन्छौं,’ नगर सभापति साहले भने। धर्नामा सहभागीहरूले नगरपालिकाले बजेट नल्याएर नगरवासीलाई विकासका काममा अन्यौल सिर्जना गरेको भन्दै स्थानीय सरकारका नेतृत्वको चर्को विरोध गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.