सरकार र उखु किसानको वार्ता निष्कर्षविहीन, भदौ २५ देखि हाइवे केन्द्रित आन्दोलन गर्ने चेतावनी

सरकार र उखु किसानको वार्ता निष्कर्षविहीन, भदौ २५ देखि हाइवे केन्द्रित आन्दोलन गर्ने चेतावनी

काठमाडौं : सरकार र पीडित उखु किसानबीचको वार्ता निष्कर्षविहीन बनेको छ। सिंहदरवारस्थित कृषि मन्त्रालयमा भएको वार्ता बिना निष्कर्ष टुंगिएको हो।

काठमाडौं केन्द्रित आन्दोलन गरेका उखु किसानले शुक्रबार कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग वार्ता गरेका थिए। वार्ताका क्रममा उखु किसानहरूले प्रति क्विन्टल ७० रुपैयाँ अनुदान नदिए भदौ २५ गतेदेखि तराईको हाइवे केन्द्रित आन्दोलन गर्ने चेतावनी दिएका थिए।

उखु किसान संघर्ष समितिका प्रवक्ता उमेश यादवका अनुसार मन्त्रीलाई १० दिने अल्टिमेटम दिइएको थियो। 'मन्त्रीजीलाई दस दिने अल्टिमेटम दिएका छौं। त्यस अवधिमा हाम्रा माग पूरा नगरिए तराईको हाइवे केन्द्रित आन्दोलन गर्छौं,' अन्नपूर्णसँग उनले भने।

उनका अनुसार मन्त्री अधिकारीले आगामी मन्त्रिपरिषद् बैठक प्रस्ताव लैजाने आवश्वासन दिएका छन्। 'मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने कुरा गर्नुभएको छ। तबसम्म हामी कुर्छौं,' उनले भने। 

वार्तामा आफूहरूले प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान दिनुपर्ने माग राखेको प्रवक्ता यादवले बताए। कृषि मन्त्रालयको वार्षिक बजेटमा नै २ अर्ब रुपैयाँ उखु किसान अनुदान दिने भनेर छुट्याउँदा अर्थ मन्त्रालयले बजेट रोकेको उनले आरोप लगाए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.