मोबाइल पसल फुटाई चोरी गर्ने गिरोह पक्राउ

मोबाइल पसल फुटाई चोरी गर्ने गिरोह पक्राउ
सुन्नुहोस्

ढल्केवर(धनुषा) : धनुषामा मोबाइल पसल फुटाई चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ गोदार चोकमा सञ्चालनमा रहेको राज कुमार मोबाइल पसलको सटर फोडेर धनमाल चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा गणेशनाम चारनाथ नगरपालिका-७ मा बस्ने २० वर्षीय अर्जुन मुखिया, १९ वर्षीय सिकेन्द्र पासवान र वडा नम्बर ५ मा बस्ने २२ वर्षीय कृष्ण मण्डल रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

धनुषाधाम नगरपालिका वडा नम्बर ८ केशरकट्टी बस्ने ५१ वर्षीय राज कुमार साहले गोदार चोकमा सञ्चालन गरेको उक्त मोबाइल पसलमा गएको भदौ ५ गते राति १ बजेको समयमा उनीहरूले सटरको ताल्चा फोडेर पसलमा रहेको विभिन्न किसिमको मोबाइल सेट थान ४५, ड्रोन क्यामेरा २ थान, टेम्पर ग्लास ५ डब्बा, देवाल घडी ५ थान, हाते घडी १५५ थान, टर्च ६ थान र नगद ९८ हजार ७६५ रुपैयाँ समेत गरी करिब १० लाख बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ।

घटनापछि प्रहरीले पसलकै सीसीटीभी क्यामेराको सहयोगमा चोरीमा संलग्न मध्येका उनीहरू तीन जनालाई पक्राउ गरिएको प्रहरी निरीक्षक यादवले बताए। उनका अनुसार पक्राउ परेका प्रतिवादीहरूको साथमा रहेको तथा घर विभिन्न स्थान लुकाएको १२ थान मोबाइल, घडी, क्यामेरा स्टेण्ट, मोबाइलको चार्जर, ग्लास, लेन्स लगायतका सामान बरामद भएको हो।

पक्राउ परेका तीनै जनामाथि चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा म्याद थप गराइ अनुसन्धान कार्य भइरहेको र घटनामा संलग्न अन्य फरार आरोपितहरूलाई खोजतलास गर्ने कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.