रुपन्देहीमा दुई पालिकाका पूर्व अध्यक्ष एमालेमा प्रवेश

रुपन्देहीमा दुई पालिकाका पूर्व अध्यक्ष एमालेमा प्रवेश
सुन्नुहोस्

बुटवल : रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका पूर्व अध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्व अध्यक्ष केशवनन्दन बानिया नेकपा एमालेमा प्रवेश गरेका छन्। 

शनिबार आयोजित कार्यक्रमका एमालेका उपाध्यक्ष एवं उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले उनीहरूलाई प्रवेश गराए। रुपन्देही ३ मा नजिकिएको उपनिर्वाचनको पूर्व सन्ध्यामा पूर्व अध्यक्षहरू पार्टी प्रवेश गरेका हुन्। बानियाँ २०७४ सालमा उपेन्द्र यादव समूहको मधेसी जनअधिकार फोरमबाट मर्चवारी गाउँपालिकाको अध्यक्ष बनेका थिए। शुक्ला जनमत पार्टीका शुक्ला पनि २०७४ मै सम्मरीमाई गाउँपालिका अध्यक्ष बनेका थिए। 

रुपन्देही निर्वाचन क्षेत्र नम्बर ४ निवासी भएपनि उनीहरुको कात्तिक १७ गते हुन थालेको रुपन्देही ३ को निर्वाचनमा बोलियो पकड जमाउन सक्ने नेता मानिन्छन्। पार्टी प्रवेश कार्यक्रममा दुवै नेताहरूले उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल समक्ष मर्चवार क्षेत्रमा चार लेनको रिङ्गरोड सहितको सडक निर्माणका लागि बजेट विनियोजन गरिदिन आग्रह गरे। 

प्रवेश कार्यक्रममा बोल्दै पार्टी उपाध्यक्ष पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य रहेको उल्लेख गरे। ‘बलियो पार्टी बिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौं जनता, पूर्व अध्यक्षहरू सहित, एमालेमा प्रवेश गर्नुभएको छ’,पौडेलले भने,‘यसबाट म निकै खुसी छु। देश बनाउने एमालेकै नेतृत्वले हो।’

उनले रुपन्देहीको दुर्गम क्षेत्र भनेर चिनिने मर्चवारको विकासको जिम्मा एमालेलाई दिन आग्रह गर्दै आगामी २/४ वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनीजस्तै बनाउने प्रतिबद्धता समेत व्यक्त गरे। सरकारी अस्पताल, सरकारी क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जनाउँदै उनले आजको मितिदेखि मर्चवारलाई पछाडि पर्न नदिने समेत उद्घोष गरे। रुपन्देहीको दक्षिणी भेगमा रहेको मर्चवार क्षेत्रलाई तराईको अन्नभण्डार भनेर चिनिन्छ। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.