हराएका बालक इनारमा मृत भेटिए
रौतहट : रौतहटको गुजरा नगरपालिका- ९ सिमराभवानिपुरबाट हराएका एक बालक मृत अवस्थामा फेला परेका छन्। स्थानीय बिजय रामका ३ वर्षीय छोरा आर्यन राम आफ्नो घरमा शनिबार घरबाट निस्केको थिए। प्रहरीले खोजतलास गर्ने क्रममा आइतबार मृत फेला परेको इलाका प्रहरी कार्यालय चंद्रनिगगाहपुरले जानकारी दिएको छ।
बालक घर फर्की नआएपछि बालकको आमाले खोततलासका लागि प्रहरीमा निवेदन दिएका थिइन्।
निवेदनपछि प्रहरी टोली,चौकी सिमाराभवानीपुर र स्थानीय बासिन्दाले खोजतलास गर्दै जाँदा गुजरा ८ स्थित बालकको घर देखि ७ सय मिटर पश्चिमतर्फ रहेको इनारमा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रमुख,प्रहरी नायब उपरिक्षक रूपा लाबुङ्गले जानकारी दिइन्।
खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक रुपेश कुमार झाको कमाण्डमा टोली खटि गइ आवश्यक अनुसन्धान तथा थप बुझ्ने कार्य भइरहेको र मृत बालकको शव चन्द्रनिगाहपुस्थित सरकारी अस्पतालमा राखिएको प्रमुख लाबुंगले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस !