तियानजिनमा प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

तियानजिनमा प्रधानमन्त्री ओली र रुसका राष्ट्रपति पुटिनबीच भेटवार्ता हुने

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ। पाँच दिने चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले भोलि (सोमबार) रुसका राष्ट्रपति पुटिनसँग द्विपक्षीय भेटवार्ता हुने निश्चित भएको हो।

परराषट्र मन्त्रालयका एक उच्च अधिकारीका अनुसार तियानजिनस्थित मेइक्याङ सम्मेलन केन्द्रमा ओली र पुटिनबीच भेटवार्ता हुन लागेको हो।

उनीहरूबीच करिब आधा घन्टा वार्ता हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ। 'उहाँहरूबीच सोमबार ६:४५ देखि करिब आधा घन्टा भेटवार्ता हुन्छ। भेटवार्ताका क्रममा द्विपक्षीय हितका विषयमा छलफल हुनेछ,' स्रोतले अन्नपूर्णसँग भने।

प्रधानमन्त्री ओली एससीओ सम्मेलनमा सहभागी हुन चीन पुगेका हुन्। शनिबार चीन पुगेका प्रधानमन्त्री ओलीले राष्ट्रपति सी जिङपिङसँग भेटवार्तासमेत गरेका थिए। उनले चीन र भारतबीच लिपुलेकमा भएको सम्झौताका विषयमा पनि ध्यानाकर्षण गराएका थिए।

प्रधानमन्त्री ओलीले आइतबार भियतनामका प्रधानमन्त्री फाम मिन चिङसँग भेटवार्ता गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.