चौथो खेलमा नेपाल ए आसामसँग पराजित

चौथो खेलमा नेपाल ए आसामसँग पराजित
सुन्नुहोस्

काठमाडौं : भारतको गुहाटीमा जारी आसामसँगको पाँच खेल सम्मेलित टी-२० सिरिजको चौथो खेलमा नेपाल ए आसाम क्रिकेट एशोसियसनसँग पराजित भएको छ।  आसामले नेपाल एलाई १८ रनले हराएको हो। 

एसीए स्टेडियममा टस जितेर ब्याटिङ गरेको आसामले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७४ रन बनाएको थियो। आसामले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ए ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५६ रन बनाएको हो। नेपाल एका लागि कप्तान अनिल कुमार शाहले सर्वाधिक ६७ रन बनाए। उनले ५० बलमा ७ चौका र २ छक्का प्रहार गरे। 

पहिलो विकेटका लागि इशान पाण्डे र अनिल कुमार शाहले ४० रनको साझेदारी गरे। पहिलो विकेटको रूपमा नेपालले इशानको विकेट गुमायो। इशानले २० बलमा समान २ चौका र २ छक्कासहित २७ रन बनाए। 

पावरप्लेमा ४४ मा २ विकेट गएको नेपालका लागि सन्दीप जोरा ११ रनमा र वसिर अहमद २ रनमा रनआउट भए। आदिल आलम ७ बलमा ११ रन बनाउँदै विकेटकिपरको हातमा क्याच भए। आकाश चन्द ९र सागर ढकाल ३ रनमा अविजित रहे । आसामका लागि बलिङ तर्फ, अभिनव चौधरी र अब्दुल अजिज कुरासीले ३-३ विकेट लिँदा साद्दिक हुसेनले १ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको आसामका लागि कप्तान सुमित घडिअन्करले सर्वाधिक ७० रन बनाए। उनले ४७ बलमा १ चौका र ४ छक्का प्रहार गर्दै रिटायर आउट भएका थिए। ओपनर ऋषिकेश तामुलिले ४६ रन बनाए। उनले पहिलो विकेटको लागि कप्तान सुमितसँग ९० रनको साझेदारी गरेका थिए। निहार देका ३७ रनमा आकाश चन्दको बलमा शेर मल्लको हातमा क्याच भए। साहिल जैन ९ रनमा आकाशको हातबाट एलबीडब्ल्यू आउट भए। अभिनव सेनगुप्ता २ र भरगव लहकर शुन्यमा अविजित रहे। 

नेपाल ए का लागि आकाश चन्दले २ वसिर अहमदले १ विकेट लिए । २ खेलाडी भने रन आउट भए। नेपाल ए ले पहिलो खेलमा डीएल पद्धतीमा १५ रनले हार बेहोरेको थियो। दोस्रो खेलमा ९६ रन र तेस्रो खेलमा ९ रनको जित दर्ता गरेको थियो।  नेपाल ए ले सिरिजको अन्तिम खेल सोमबार साँझ ५ बजे खेल्नेछ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.