मनाङमा उपनिर्वाचन : दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान

मनाङमा उपनिर्वाचन : दल दर्ता गर्न निर्वाचन आयोगको आह्वान
सुन्नुहोस्

काठमाडौं :  निर्वाचन आयोगले मनाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनका लागि दल दर्ताको सूचना जारी गरेको छ । आयोगले मंगलबार एक सूचना जारी गर्दै उपनिर्वाचनका लागि दल दर्ता गर्न आह्वान गरेको हो।

पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत गण्डकी प्रदेशको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा भाग लिन आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको र राजनीतिक दलसम्बन्धी ऐनअनुसार भदौ १९ देखि २५ गतेसम्म निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोगमा निवेदन दिन सूचना जारी गरेको हो ।

दल दर्ताका लागि निवेदन दिँदा निवेदनमा राजनीतिक दलसम्बन्धी नियमावलीको ढाँचामा निवेदन,राजनीतिक दलको पूरा र संक्षिप्त नाम,स्थापना मिति,आयोगमा दर्ता भएको मिति,केन्द्रीय कार्यालयको ठेगाना, पत्राचार गर्ने ठेगाना,टेलिफोन नम्बर,इमेललगायत विवरण पेस गर्नुपर्ने आयोगले जनाएको छ ।

त्यसैगरी दलको केन्द्रीय कार्यकारिणी समिति,प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्य सङ्ख्या,पछिल्लोपटक आयोगसमक्ष दलको वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न र उम्मेद्वारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार दिएको केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपिसमेत पेस गर्नुपर्ने उल्लेख छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.