रुपन्देही–३ मा उपनिर्वाचन : जनमतले चुनावी मैदानमा धनीराम चौधरीलाई उतार्ने

रुपन्देही–३ मा उपनिर्वाचन : जनमतले चुनावी मैदानमा धनीराम चौधरीलाई उतार्ने
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

भैरहवा :  रुपन्देही- ३ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीले धनीराम चौधरीलाई चुनावी मैदानमा उतार्ने भएको छ। पार्टीको केन्द्रीय सचिवालय बैठकले चौधरीलाई प्रतिनिधिसभा सदस्य उम्मेदवारको रुपमा चुनावी मैदानमा उतार्ने निर्णय गरेको गरेको पार्टीका राष्ट्रिय सचिव भूपेन्द्र यादवले बताए ।

नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सदस्य एवं पूर्व जिल्ला इन्चार्ज रहेका चौधरी केही दिनअघि नाउपा छाडेर जनमत पार्टीमा प्रवेश गरेका थिए । पार्टी प्रवेशसँगै जनमतले चौधरीलाई उम्मेदवार बनाएको हो। सियारी गाउँपालिका–२ भगदरीका चौधरीको थारु सामुदायमा राम्रो पकड रहेको बताइन्छ । 

यस अघि ०७९ को निर्वाचनमा उनी नागरिक उन्मुक्ति पार्टीबाट रुपन्देही–१ म प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रुपमा होमिदा १३ हजार ९ सय ६२ मत प्राप्त गरी चौथो स्थानमा रहेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.