धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु
ढल्केवर(धनुषा) : धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषाको मिथिला नगरपालिका-१०, लालगढका ४० वर्षीय राजकुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ।
मंगलबार स्थानीय जानुका कार्कीको निर्माणाधीन घरमा वाइरिङको काम गरिरहेका श्रेष्ठलाई करेन्ट लागेको थियो। करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी चौकी लालगढले जनाएको छ।
मृतकको शव पोस्टमार्टमका लागि पठाइएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी चौकी लालगढका इन्चार्ज प्रहरी नायब निरीक्षक उज्ज्वल अधिकारीले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !