संविधानविरोधी गतिविधि भइरहेको प्रचण्डको आरोप

संविधानविरोधी  गतिविधि भइरहेको प्रचण्डको आरोप
सुन्नुहोस्

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गणतन्त्रविरुद्ध प्रतिक्रियावादी शक्तिहरूबाट षड्यन्त्र भइरहेकाले एकताबद्ध हुन आग्रह गरेका छन्।

बुधबार काठमाडौंमा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सातौं राष्ट्रिय सम्मेलन उद्‍घाटन गर्दै प्रचण्डले माओवादी क्रान्तिबाट प्राप्त भएका उपलब्धिहरूमाथि विभिन्न कोणबाट प्रहार हुन थालेको भन्दै क्रान्तिको उपलब्धिको रक्षाका साथै समाजवादतर्फ देशलाई डोराउन एकताबद्ध हुनुपर्ने बताए। 

उनले संविधान पार्टीले चाहेअनुसार निर्माण गर्न नसकिए पनि सम्झौताको दस्तावेजका रूपमा रिजर्वेसनसहित ल्याइएको बताए। तर, अहिले संविधान कार्यान्वयनभन्दा संविधानविरुद्ध गतिविधि भइरहेको भन्दै उनले आपत्ति जनाए।

प्रचण्डले देशमा स्थिरता र सुशासन कायम गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको आवश्यकता रहेको स्पष्ट पारे। त्यस्तै उनले हालको सत्ताको वास्तविक शक्ति नेताहरू नभइ, विचौलियाहरूले नियन्त्रणमा लिएको बताए। भ्रष्टाचार र विचौलिया संस्कृति अन्त्य गर्न सरकारमा रहँदा सुशासनको अभियान चलाइएको कारण सरकार बाट बाहिरिनुपरेकाले त्यसका विरुद्ध लड्न जनताको साथ आवश्यक भएको उनले बताए।

अध्यक्ष प्रचण्डले अबको आन्दोलन वैज्ञानिक समाजवाद स्थापनाका लागि हुने भन्दै विचार मिल्ने सबै इमान्दार शक्तिहरूलाई एकजुट हुन आह्वान गरे। विभिन्न वामपन्थी र कम्युनिस्ट घटकहरूबीच एकताका लागि छलफल भइरहेको छिट्टै एकताको सम्मेलन हुनसक्ने उनले बताए।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.