अष्ट्रेलियन ब्याटर क्रिस लिनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने
काठमाडौं : अष्ट्रेलियन ब्याटर क्रिस लिनले सुदूरपश्चिम रोयल्सबाट दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्।
सुदूरपश्चिम रोयल्सले बुधबार सामाजिक सञ्जालमा एक पोष्ट राख्दै अष्ट्रेलियन खेलाडीले एनपीएल खेल्ने जानकारी दिएको हाे।
सदूरपशिचम रोयल्सले आधिकारीक फेसबुक पेजमा एक पजल सहितको फोटो पोष्ट गरेको थियो। शुक्रबार उनको नाम सार्वजनिक गर्ने भनेर पोष्ट सार्वजनिक गरिएको छ। तर उनी क्रिस लिननै रहेको सुदूरपश्चिमका एक आधिकारीक व्याक्तिले अन्नपूर्ण पोष्टलाई जानकारी दिएका छन्।
उनी अष्ट्रेलियाका पावरफूल हिटर हुन्। ३५ वर्षीय लिनले अष्ट्रेलियाको राष्ट्रिय टोलीबाट समेत खेलिसकेका छन्। लिनले बिग बासमा १२६ खेल खेल्दै ३९५५ रन बनाएका छन्। यसैलाई सुदूरपश्चिमले ग्राफिक हिन्टको रुपमा प्रयोग गरेको छ। उनले २२० छक्का प्रहार गरेको डाटा पनि सुदूरपश्चिमले समेटेको छ।
उनले अष्ट्रेलियाबाट १८ वटा टी-२० अन्र्टाष्ट्रिय खेल खेलेका छन्। उनले २०२१ मा मुम्बई इन्डियन्सबाट आइपीएल खेलेका थिए। तयसअघि उनले कोलकाता नाइट राइडर्सबाट पनि आइपीएल खेललेका थिए।
सन्, २०१४, २०१६, २०१७, २०१८ र २०१९ मा उनले कोलकाता नाइयट राइडर्सबाट आइपीएल खेलेका थिए।
प्रतिक्रिया दिनुहोस !