जीएसआईमा चिनियाँ दाबीबारे परराष्ट्रसचिवले भने- नेपालले चीनको कुनै पनि सुरक्षा रणनीतिमा समर्थन जनाएको छैन

जीएसआईमा चिनियाँ दाबीबारे परराष्ट्रसचिवले भने- नेपालले चीनको कुनै पनि सुरक्षा रणनीतिमा समर्थन जनाएको छैन

काठमाडौं : परराष्ट्रसचिव अमृतबहादुर राईले नेपालले चीनको कुनै पनि कुरामा समर्थन नजनाएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले उक्त कुरा बताएका हुन्।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका दौरान चिनियाँ विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेर नेपालले चीनको ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई)लाई समर्थन जनाएको दाबी गरेको थियो।

उनले नेपालले चीनको ग्लोबल इनिसियटिभमा समर्थन जनाएको र संयुक्त राष्ट्रसंघमा गठन भएको ग्रुफ फ्रेन्डमा आबद्धता जनाएको स्वीकारे। तर, चीनको सुरक्षा रणनीतिलगायत अन्य कुनै कुरामा पनि नेपालले समर्थन नजनाएको उनको भनाइ छ।

'नेपालले चीनको ग्लोबल इनिसिएटिभलाई समर्थन गरेको छ। त्यसको संयुक्त राष्ट्रसंघमा ग्रुफ अफ फ्रेन्ड पनि गठन भएको छ, त्यसमा नेपालले आबद्धता पनि जनाएको छ। तर, अरु कुनै पनि कुरामा नेपालले समर्थन जनाएको छैन। अरु कुरामा नेपाल प्रवेश गरेको छैन,' उनले भने।

परराष्ट्रसचिव राईले नेपालले भनेको कुरा मात्रै लागू हुने बताए। सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अरु के भन्ने विषयभन्दा पनि हामीले भनेको कुरामात्रै हुने हो।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.