बीआरआई कार्यान्वयन गर्न प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सीको तदारुकता
काठमाडौं : बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजना कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सी जिङपिङले तदारुकता देखाएका छन्। तियानजिनमा उनीहरूबीच भएको भेटवार्ताका क्रममा बीआरआई परियोजना कार्यान्वयनको विषयले चर्चा पाएको हो।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओली र राष्ट्रपति सीले बीआरआई परियोजना कार्यान्वयनका विषयमा छलफल गरेका थिए। दुवैले उक्त परियोजनालाई अगाडि बढाउने विषयमा जो दिएको परराष्ट्र मन्त्रालयको भनाइ छ।
भेटमा प्रधानमन्त्री ओलीले बीआरआ परियोजनलाई शीघ्र कार्यान्वयनमा लैजाने बताएका थिए। राष्ट्रपति सीले पनि दुई देशबीच भएका गुणस्तीय सम्झौता र बीआरआई कार्यान्वयनमार्फत नेपालमा चीनको सहयोग निरन्तर रहने बताएको परराष्ट्रसचिव राईले बताए।
बीआरआई परियोजना ऋणमा कार्यान्वयन गर्न नेपालका राजनीतिक दलबीच भने सहमति जुट्न सकेको छैन। चीनले अनुदान सहयोगमार्फत बीआरआई परियोजना अगाडि बढाउनुपर्ने कांग्रेसलगायतका दलहरूले आग्रह गर्दै आएको छ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणबारे जानकारी दिँदै परराष्ट्रसचिव राईले दुई पक्षीय सम्बन्ध, सहयोग र प्राथमिकताका विषयमा छलफल भएको र नेपाल-चीन सम्बन्ध मैत्रीपूर्ण र गाढा रहेको प्रधानमन्त्री ओलीले उल्लेख गरेका थिए। प्रधानमन्त्री ओलीले नेपाललाई पनि एससीओ सम्मेलन सदस्य बनाउन राष्ट्रपति सीलाई अनुरोध गरेका थिए।
त्यस्तै रासायनिक मल, पेट्रोलियम अन्वेशण, मानव संशासन विकास, जलवायु परिवर्तनको प्रभावसँग जुध्ने क्षमता अभिवृद्धि तथा जनस्तरको सम्बन्ध सुदृीकरणजस्ता विषयमा सहयोगका लागि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीलाई आग्रह गरेका थिए।
त्यस्तै नेपाली भूभाग लिपुलेकमा भारत र चीनबीच भएको सहमतिका विषयमा प्रधानमन्त्री ओलीले आपत्ति जनाएका थिए। उनले राष्ट्रपति सीलाई उक्त सहमति कार्यान्वयन नगर्न आग्रह गरेका परराष्ट्रसचिव राईको भनाइ छ।
त्यस्तै नेपालको विकासमा चीनले निरन्तर सहयोग गर्ने राष्ट्रपति सीले विश्वास व्यक्त गरेका थिए। उनले संयुक्त राष्ट्र संघ र एससीओ सम्मेलनलगायतका मञ्चहरू चीनले नेपालसँग सहकार्य गर्ने प्रतिबद्धता पनि जनाएका थिए। एक चीन सिद्धान्तप्रति नेपालले देखाएको दृढ प्रतिवद्धतका राष्ट्रपति सीले धन्यवाद दिएका थिए।
प्रतिक्रिया दिनुहोस !