कुहिँदै बरामद गाडी र काठ, गुम्दै करोडौंको राजश्व

कुहिँदै बरामद गाडी र काठ, गुम्दै करोडौंको राजश्व
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट : डिभिजन वन कार्यालय रौतहटले विभिन्न स्थानबाट बरामद गरेर राखेका सवारी साधान र काठ समयमै लिलाम हुन नसक्दा करोडौंको काठ र सवारी साधन कुहिएर कामै नलाग्ने अवस्थामा पुगेका छन् ।

विभिन्न समयमा  डिभिजन वन कार्यालयले अवैधरुपमा काठ चोर तस्करले लान लागेको अवस्थामा बरामद गरेका स्कारपियो,जिप ,टेक्टर, ट्रक ,टायरगाडा,साइकल,ई-रिक्सालगायतका सवारी साधन र त्यसमा रहेको काठ कानुनी बाधा अड्चनका कारण तत्काल लिलाम गर्न नसक्दा करोडौंको राजश्व गुम्दै आएको छ । 

काठसहित बरामद भएका सवारी साधान र त्यसमा रहेको काठको मुद्दा जिल्ला अदालतले हेर्ने भएका कारण समेत सहजै मुद्दा किनारा नलाग्ने गरेकाले बरामद गरिएको काठ र सवारीसाधन लिलाम बिक्री हुन नसक्दा वनकार्यालयको हाताभित्र रहेका सवारी साधन र काठ झाडीमै हराउन र कुहिन थालेको वन कार्यालयले जनाएको छ ।

डिभिजन र सेक्टर वन कार्यालय गरी रौतहटमा मात्रै अवैध रूपमा काठ ओसारपसार गर्दा बरामद भएका स्कारपियो,टोयटा जिपदेखि ट्रक,बस,मोटरसाइकल सहित झन्डै ३ सय ३० सवारीसाधन झाडीमा थुप्रिएका छन्  । 

डिभिजन वन कार्यालय रौतहटका प्रमुख प्रमुख हेमन्त साहले कुहिन लागेका गाडीको हकमा अहिलेसम्म लिलाम गर्ने कुनै प्रक्रिया अघि नबढेको बताए । ‘कार्यालयले सवारी साधन लिलामको लागि कुनै प्रक्रियाअघि बढाएको छैन,’प्रमुख साहले भने,‘हामी के कसरी गर्ने भन्ने छलफलमै रहेका छौं ।’ 

कानुन झन्झट पनि त्यत्तिकै रहेको प्रमुख साह बताउँछन् । यसअघिका डिभिजन प्रमुखहरुले पनि कानुनी झन्झट रहेको र केही मुद्दा जिल्लाबाट उच्च हुँदै सर्वोच्चसम्म पुगेकाले फैसला हुन समय लागेको हुन सक्ने बताएका थिए । समयमा लिलाम हुन नसक्दा सवारीसाधान,काठ कुहिएर जाने अवस्थामा पुगेकाले सरकारले पाउनुपर्ने ठूलो राजश्व समेत गुम्दै आएको छ । 

काठसहित पक्राउ परेका केही व्यक्ति भने धरौटीमा छुटेका छन् भने बेवारिसेको हकमा गाडीको दाबी गर्न अहिलेसम्म कोही नआएको वन कार्यालयले जनाएको छ । डिभिजन वन रौतहटका अनुसार विभिन्न स्थानबाट अवैध काठसहित ४ वटा ट्रक, २१ वटा स्कारपियो, सफारी जिप, टोयटा गाडी,टाटमोबाइल जिप, ट्रेक्टर ८ वटा बरामद भएका छन । अवैध काठ लोड गरेको अवस्थामा एउटा बससमेत बरामद गरेको छ । 

काठ लोड भएका ३१ मोटरसाइकल र ३ ई–रिक्सा बरामद गरेको वन कार्यालयका जम्दार रामपुकार साहले बताए । तस्करले ३ वटासम्म नम्बर प्लेट राखेर सवारीसाभन प्रयोग गर्ने गरेकाले सवारी धनी पत्ता लगाउन कठिन परेको वन कार्यालयले जनायो । इन्जिन,चेचिस नम्बर र यातायातको अभिलेखमा भएको नम्बर फरक परेपछि झनै समस्या भएको वन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.