WhatsApp सहित २६ वटा सामाजिक सञ्जाललाई निष्क्रिय बनाउन इन्टरनेट प्रदायकलाई प्राधिकरणको पत्राचार
काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले २६ वटा सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन मोबाइल तथा इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गरेको छ। प्राधिकरणले सर्वोच्च अदालतको आदेश र सरकारको निर्णयअनुसार ती सामाजिक सञ्जालहरूलाई निष्क्रिय बनाउन निर्देशन दिएको हो।
प्राधिकरणका अनुसार फेसबुक, फेसबुक म्यासेन्जर, इन्स्टाग्राम, युट्युब, ह्वाट्स एप, ट्वीटर (एक्स), लिङ्क्डइन, स्यानपच्याट, रेड्डीट, डिस्कर्ड, पिनट्रेस्ट, सिग्नल, थ्रेड, वी च्याट, कोरा, टम्बलर, क्लबह्वाउस, मास्टोडन, रम्बल, मीवी, भीके, लाइन, इमो, जालो, सोल र हाम्रो पात्रो रहेका छन्।
यसअघि भदौ १९ गतेको मन्त्रिपरिषद् बैठकले अन्तिमपटक सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन आह्वान गरेको थियो। दर्ता नभएपछि सञ्चार तथा सूचना प्रविधिक मन्त्रालयको बिहीबार बसेको बैठकले ती सामाजिक सञ्जालहरू निष्क्रिय बनाउने निर्णय गरेको थियो। सर्वोच्च अदालतले पनि सामाजिक सञ्जालहरूलाई नेपालमा दर्ता हुन र गुनासो सुन्ने अधिकारी राख्न सरकारको नाममा परमादेश जारी गरेको थियो।
प्रतिक्रिया दिनुहोस !