अमेरिकाले निष्कासन गरेका १९ जना नेपाल आइपुगे

अमेरिकाले निष्कासन गरेका १९ जना नेपाल आइपुगे
एआई सिर्जित तस्बिर

काठमाडौं : अमेरिकाले निष्कासन गरेका १९ जना नेपाली काठमाडौं आइपुगेका छन्। ओम्नी एयरलायन्सको चार्टर्ड विमानबाट उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्। 

गैरकानुनी रूपमा अमेरिका प्रवेश गरेका उनीहरूलाई त्यहाँको आइस प्रहरीले नियन्त्रणमा लिएको थियो। आवश्यक अनुसन्धानपछि उनीहरूलाई नेपाली दूतावाससँग समन्वय गरेर ट्राभल डकुमेन्ट बनाई नेपालतर्फ निष्कासन गरेको हो।

निष्कासनमा पर्नेमा १७ जना पुरुष र दुई जना महिला छन्। स्रोतका अनुसार निष्कासनमा पर्नेमा विक, छिङ, बस्नेत, भण्डारी, बोहोरा, पोखरेल, साह, खत्री, सुवेदी, छिमाल, गौतम, दुई जना चौधरी, तीन जना केसी र तीन जना कँडेल थरका रहेका छन्। विक र सिंह महिला हुन्।

स्रोतका अनुसार अमेरिकी अध्यागमनले यसअघि ३७ जना नेपालीलाई निष्कासन गरेको सूचना दिएको थियो। निष्कासनमा परेका बाँकी १८ जनालाई पनि क्रमशः नेपाल ल्याइएको स्रोतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.