नेपाली भाषा,कला, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति

नेपाली भाषा,कला, संस्कृति र सम्पदा संरक्षणलाई प्राथमिकता दिनुपर्छ : राष्ट्रपति
सुन्नुहोस्

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको मौलिक कला संस्कृतिको संरक्षण र विकासमा सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा नेपाल कला तथा संस्कृति महोत्सवका अवसरमा आयोजित चित्रकला प्रर्दशनीको उद्घाटन गर्दै राष्ट्रपति पौडेलले नेपाललाई विश्वमा चिनाउने प्राचीन र ऐतिहासिक धरोहर,कला,संस्कृति र सम्पदाको संरक्षण र विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका हुन्।

उनले लोकतान्त्रिक शासन प्रणालीमा प्राप्त अवसरको उपयोग गरी भाषा,कला र संस्कृतिको विकास,विस्तार र संरक्षणमा सबै क्रियाशील हुनुपर्नेमा जोड दिए।

राष्ट्रपति पौडेलले देशका विभिन्न क्षेत्रका प्राचीन र ऐतिहासिक धरोहर,कला,सांस्कृतिक सम्पदा एवम् गतिविधिको अध्ययन,अनुसन्धान र अवलोकन गर्न बर्सेनि लाखौं पर्यटक नेपाल भित्रिने भन्दै यसको संरक्षणको लागि सम्पदाप्रेमीहरू सदैव चनाखो हुनुपर्ने बताए। नेपाली भाषा,कला,संस्कृति र सम्पदा हाम्रो शान,पहिचान र वैभव भएको राष्ट्रपति पौडेलको भनाइ छ।

राष्ट्रपति पौडेलले देशको पर्यटन क्षेत्रको दिगो विकासको आधारशीला तयार हुने आफूले अपेक्षा गरेको जिकिर गरे। नेपाली कला,संस्कृति र सम्पदाको अद्वितीय पुँजीप्रति स्वदेशी,विदेशी पर्यटक र व्यवसायीहरूको ध्यान आकर्षित गर्न सके पर्यटकहरूको आगमनबाट मुलुकको समृद्धिमा योगदान पुग्ने उनको विश्वास छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.