लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्छौँ, ०८४ मा एमालेले बहुमत प्राप्त गर्छ : प्रधानमन्त्री ओली

लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्छौँ, ०८४ मा एमालेले बहुमत प्राप्त गर्छ : प्रधानमन्त्री ओली
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले लिपुलेकबारे भारतसँगै वार्ता गरेर समाधान खोज्ने बताएका छन्। शुक्रबार ललितपुरमा पार्टीको दोस्रो विधान महाधिवेशन उद्घाटन गर्दै ओलीले सीमा समस्याको समाधानका लागि भारतसँग वार्ता गर्ने बताएका हुन्। 

लिपुलेक सीमामा भारतसँग चीनले व्यापारिक सम्झौता गरेकाले राष्ट्रपति सी जिपिङसँग असहमति प्रकट गरेको उनले जानकारी दिए। आफूले राष्ट्रियताप्रति कुरा उठाउँदा केही ‘जान्नेसुन्नेहरुले’ गलत व्याख्या गरेको समेत उनले बताए। उनले चीनको ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) प्रस्तावमा नेपालले कुनै प्रतिक्रिया पटक नगरेको समेत स्पष्ट पारे।

अध्यक्ष ओलीले सुशासन, विकास, स्थायित्व, राष्ट्रिय अखण्डता र स्वाधीनताका पक्षमा उभिएकाले एमालेप्रति जनताको विश्वास बढेको दाबी गरे। एमाले पार्टी र नेताहरूलाई जतिसुकै गालीगलौज गरे पनि नेपाली जनताले विश्वास नगर्ने उल्लेख गरे। 

अध्यक्ष ओलीले जनताबीच पुगेर विश्वास जित्न सकेमा २०८४ सालमा हुने निर्वाचनमा बहुमत प्राप्त गर्नबाट एमालेलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे।

उनले कांग्रेससँग आफूहरूले सहकार्य थालेपछि अस्थिरता र अराजकता नियन्त्रणमा आएको दाबी पनि गरे। त्यस्तै ठुला दुई पार्टीको सहकार्यले माओवादीलाई म्याजिक नम्बर रहेको भ्रमबाट मुक्त गरिएको उनको भनाइ छ। 

अध्यक्ष ओलीले पार्टीप्रति आमजनता र कार्यकर्ताले देखाएको विश्वासका कारण आन्दोलन हाँक्न सक्ने शक्ति प्राप्त भएको उल्लेख गर्दै पार्टीका नेता तथा कार्यकर्ताको सजगताप्रति आफू ढुक्क रहेको बताए।  

अध्यक्ष ओलीले विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदन समेत प्रस्तुत गरेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.