एमालेको संगठित सदस्य ३० प्रतिशतले वृद्धि, पुग्यो ६ लाख ६३ हजार

एमालेको संगठित सदस्य ३० प्रतिशतले वृद्धि, पुग्यो ६ लाख ६३ हजार

काठमाडौं : नेकपा एमालेको पार्टी सदस्य संख्या ३० प्रतिशतले वृद्धि भएको छ। ललितपुर, गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भइरहेको दोस्रो विधान महाधिवशेनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै एमाले महासचिव शंकर पोखरेलले १०औँ राष्ट्रिय महाधिवेशनपछि ३० प्रतिशतले सङ्गंगठित सदस्य सङ्ख्या वृद्धि भएको बताए।

उनका अनुसार अहिले ६ लाख ६२ हजार ९६१ जना पार्टी सदस्य संख्या छ। एक लाख ५० हजार सदस्यहरू संगठित हुन बाँकी रहेको महासचिव पोखरेलले बताए। पार्टीका विभिन्न कमिटीमा चार लाख २७ हजार १६ जना विभिन्न कमिटीमा आबद्ध छन्। प्रतिवेदनअनुसार जिल्ला, प्रवास, प्रदेश, सम्पर्क मञ्च, जिल्ला कमिटी तथा महानगर, उपमहानगर, नगरपालिका, गाउँपालिका कमिटी गरी एक हजार ६७ कमिटी छन्। त्यसैगरी वडा कमिटी सात हजार ७६० र टोल कमिटी ५५ हजार ७७६ रहेको प्रतिवेदनमा उल्लेख छ।

सांगठनिक प्रतिवेदनमा जिल्ला तहमा नौ हजार ७७४, स्थानीय तहमा ४१ हजार ६३३, वडामा एक लाख ७४ हजार २४५ तथा टोलमा दुई लाख एक हजार ३६४  नेता तथा कार्यकर्ता आबद्ध छन्। 

त्यस्तै कोशीमा १ लाख १४ हजार ७१०, मधेसमा १ लाख ५६ हजार ४१, बागमतीमा १ लाख १६ हजार ४९९, गण्डकीमा ५५ हजार ५१२, लुम्बिनीमा ८० हजार ३५२, कर्णालीमा ४७ हजार ६४७, सुदूरपश्चिममा ६३ हजार ११०, उपत्यका विशेष प्रदेश ८ हजार ७८१, सम्पर्कमा १३ हजार ७५२, भारत प्रवासमा १ हजार ७५२, प्रवासमा ४ हजार ६२० र केन्द्रीय कार्यालयमा ८५० सदस्य रहेको प्रतिवेदनमा उल्लेख छ।

जारी महाधिवेशनमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक र उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन पेस गरेका थिए। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.