एमाले विधान महाधिवेशन : पार्टी सुदृढ र सबल बनाउन महासचिवले जोड दिएका सात आधार

एमाले विधान महाधिवेशन : पार्टी सुदृढ र सबल बनाउन महासचिवले जोड दिएका सात आधार
सुन्नुहोस्

काठमाडौं : नेकपा एमालेले पार्टी निर्माणका लागि सात वटा आधार प्रस्तुत गरेको छ। ललितपुरको गोदावरीमा सुरू भएको विधान महाधिवेशनमा सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै महासचिव शंकर पोखरेलले सात आधार दिएका हुन्।

उनले पार्टीलाई दृष्टिकोण र मान्यतासमेतका आधारमा सबल र सुदृढ बनाउन पार्टीको सिद्धान्त, नीति र कार्यक्रमका आधारमा पार्टीपंक्तिलाई वैचारिक र राजनीतिक रूपमा सबल र सक्षम बनाउनुपर्ने बताएका हुन्।

उनले प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ, 'श्रमजीवी वर्गीय दृष्टिकोणमा आधारित रहँदै सबै जाति, भाषा, धर्म, सम्प्रदाय र भौगोलिक क्षेत्रमा पार्टी कामलाई विस्तार गर्ने। सम्बन्धित क्षेत्रको कामको नेतृत्व गर्नसक्ने सक्षम र योग्य कार्यकर्ता पङ्क्ति तयार गर्ने र नेतृत्व, कमिटी, कार्यकर्ता र जनताका बीचमा गहिरो अन्तरसम्बन्ध भएको शृंखलाबद्ध कमिटी प्रणालीको विकास तथा आवधिक रूपमा पार्टी कमिटी र कार्यकर्ताको विधिसम्मत मूल्याङ्कन गर्ने।'

त्यस्तै पार्टी नीतिअनुरूप राष्ट्रिय हित र जनसरोकारका विषयमा पार्टीपंक्तिको व्यापक परिचालन गर्ने र पार्टीसम्बद्ध जनसंगठनलाई सम्बन्धित वर्ग र समुदायआधारित बनाउँदै बहुसंख्यक जनताका बीचमा पार्टीलाई स्थापित गर्नुपर्ने उनको जोड छ।

'आर्थिक-सामाजिक विकास र रूपान्तरणको राजनीतिक कार्यदिशा कार्यान्वयन गर्ने गरी उद्यमशीलता, उत्पादकत्व वृद्धि र सामाजिक सुधारको काममा पार्टी कमिटी र कार्यकर्तालाई परिचालित गर्नुका साथै उत्पादन र उद्यमशीलता आधारित श्रम संस्कृतिको विकास गर्ने,' प्रतिवेदनमा भनिएको छ।

त्यस्तै पार्टीपंक्तिलाई आमजनताका बीचमा घनिष्ठरूपमा स्थापित गर्दै संघ, प्रदेश र स्थानीय, तीनै तहको निर्वाचनमा विजय हासिल गर्न सक्ने गरी सुदृढ बनाउन, पार्टीको नेतृत्व र सहभागिता रहेका तीनै तहका सरकार र जनप्रतिनिधिहरूका कामलाई राजनीतिक कार्यदिशाअनुरूप प्रभावकारी बनाउन, शक्तिसंचयको कार्यनीतिअनुरूप शक्ति सुदृढ गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा बदल्न तथा आमनिर्वाचनमा लोकप्रिय जनादेश प्राप्त गरी बहुमतको सरकारको नेतृत्व गर्दै शान्तिपूर्ण र वैधानिक बाटोबाट नेपाली विशेषताको समाजवाद निर्माणको आधार तयार गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.