एनपीएलको दोस्रो संस्करणको ट्रफी टुर आजदेखि, विराटनगरबाट सुरु भएर धनगढीमा सकिने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि सुरु भएको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल क्रिकेटको दोस्रो संस्करण सुरु हुनुअघि ट्रफी टुर गरेको हो।
क्यानले शुक्रबार काठमाडौंमा एक कार्यक्रम गरी ट्रफी टुरको औपचारिक सुरुवातको घोषणा गरेको हो। ट्रफी टुर विराटनगरबाठ सुरु भएर धनगढीमा सकिने छ।
ट्रफी टुर विराटनगर, जनकपुर, चितवन, काठमाडौं, पोखरा, लुम्बिनी, सुर्खेत र धनगढीमा पुर्याइने क्यानले जनाएको छ ।
दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ।
प्रतिक्रिया दिनुहोस !