आईसीसी टिम वरीयतामा पाकिस्तान र इङ्ग्ल्याण्डलाई झट्का, दक्षिण अफ्रिका पाँचौँ स्थानमा
काठमाडौं : इङ्ग्ल्याण्डविरुद्धको हालैको शृङ्खला जितपछि दक्षिण अफ्रिका आईसीसी एकदिवसीय वरीयताको शीर्ष ५ मा पुगेको छ। यसअघि अफ्रिकी टोली छैटौँ स्थानमा थियो।
इङ्ग्ल्याण्डविरुद्धको जितबाट दक्षिण अफ्रिकालाई फाइदा भएको छ। अफ्रिका अब पाँचौँ स्थानमा पुगेको छ भने पाकिस्तान एक स्थान तल झरेको छ।
इङ्गल्याण्ड भ्रमणमा अफ्रिकाको उत्कृष्ट प्रदर्शन
आईसीसी एकदिवसीय टोली वरीयता
भारत– १२४ रेटिङ अङ्क
न्युजिल्याण्ड– १०९ रेटिङ अंक
अस्ट्रेलिया– १०६ रेटिङ अंक
श्रीलंका– १०३ रेटिङ अंक
दक्षिण अफ्रिका– १०१ रेटिङ अंक
पाकिस्तान– १०० रेटिङ अंक
अफगानिस्तान– ९१ रेटिङ अंक
इङ्ग्ल्याण्ड– ८६ रेटिङ अंक
वेस्टइन्डिज– ८० रेटिङ अंक
बंगलादेश– ७७ रेटिङ अंक
प्रतिक्रिया दिनुहोस !