महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन भोलिदेखि
काठमाडौं : महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन भोलिबाट काठमाडौंमा सुरू हुने भएको छ। महान्यायाधिवक्ताको कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महिला सरकारी वकिलको सशक्तीकरण : फौजदारी न्याय प्रणालीको सुदृढीकरण भन्ने नाराका साथ भाद्र २३ र २४ गते महिला सरकारी वकिलहरूको प्रथम राष्ट्रिय सम्मेलन आयोजना गरिएको जनाएको हो ।
देशभरका महिला सरकारी वकिलहरू सहभागी रहने सम्मेलनमा ५ वटा कार्यपत्र प्रस्तुत गरिने सहन्यायाधिवक्ता मीना गुरुङले जानकारी दिए।सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास र लैङ्गिक समानतालगायतका विषयमा छलफल भइ घोषणापत्र जारी गरिने उनले बताए।
प्रतिक्रिया दिनुहोस !