सञ्चार मन्त्रालयले भन्यो- भीपीएन प्रयोग नगर्नू

सञ्चार मन्त्रालयले भन्यो- भीपीएन प्रयोग नगर्नू

काठमाडौं : सरकारले भीपीएन प्रयोग नगर्न आग्रह गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार विज्ञप्ति जारी गरेर भीपीएन प्रयोग नगर्न आग्रह गरेको हो।

'नेपाल सरकारको निर्णय बमोजिम सूचीकरण नभएका सामाजिक सञ्जाल प्लेटफर्महरूलाई नेपालभित्र निष्क्रिय गराउन नेपाल दूरसञ्चार प्राधिकरणबाट मोबाइल तथा इन्टरनेट सेवा प्रदायकमार्फत ती सामाजिक सञ्जालहरूको पहुँच निषेध भइसकेको हुँदा त्यस्ता सञ्जालहरूको पहुँच प्राप्त गर्न असुरक्षित, अनाधिकृत, जोखिमयुक्त भीपीएन प्रयोग नगर्न/नगराउनू,' मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ। 

नेपालमा सञ्चालनमा रही हालसम्म सूचीकरण नभएका सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० बमोजिम नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियमन परिपालनाको निगरानी गर्ने अधिकारी तोकी सूचीकरण हुन सरकारले आह्वान गरेको छ। त्यस्तै सूचीकरणका लागि कुनै पनि शुल्क दस्तुर नलाग्ने र सूचीकरण गरे पश्चात सोही क्षणदेखि पुनः सक्रिय गराइने पनि विज्ञप्तिमा उल्लेख छ। सरकारले सामाजिक सञ्जाल निष्क्रिय बनाउने निर्णय कार्यान्वयन गराउन आम नागरिकसँग अपील पनि गरेको छ। 

त्यस्तै यसबीचमा हाम्रो पात्रो र ग्लोबल डायरीले सूची दर्ता गरेको र दर्ता भएपछि नेपालमा सञ्चालनसमेत भइरहेको मन्त्रालयले जनाएको छ। प्रवक्ता ठाकुरका अनुसार अमेरिकी कम्पनी एक्स र चिनियाँ कम्पनी वीच्याटले सूचीका लागि कागजात मगाएपछि आवश्यक विवरण पठाइएको छ।

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.