एनपीएलको ट्रफी टुर, झापामा प्रदर्शनी

एनपीएलको ट्रफी टुर, झापामा प्रदर्शनी
सुन्नुहोस्

झापा : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको ट्रफी पूर्वी नेपालको झापा आइपुगेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले एनपीएल क्रिकेटको दोस्रो संस्करण ट्रफी टुर शनिबार विराटनगरबाट शुभारम्भ गरेको थियो। क्यानको सहकार्यमा विराटनगर किंग्सले पूर्वका जिल्लाहरूमा ट्रफी टुर गराउने क्रममा आइतबार झापाका तीन शहरहरू भद्रपुर, मेचीनगर र बिर्तामोडमा एनपीएलको ट्रफी प्रदर्शनी गरेका थिए। 

भद्रपुर क्रिकेट क्लबले निर्माणाधीन मेची क्याम्पस क्रिकेट मैदानमा हेलिकोप्टरमार्फत ल्याइने ट्रफी सोही क्रिकेट मैदानमा राखेर प्रदर्शनी गर्ने कार्यक्रम तय गरेको थियो। तर, प्रतिकूल मौसमका कारण त्यो हुन नसकेपछि भद्रपुर क्रिकेट क्लबले डेग्लो होटेलको सभा हलमा राखेर एनपीएलको ट्रफी प्रदर्शनी गरेका थिए। 

भद्रपुर क्रिकेट क्लबका अध्यक्ष आदित्य पराजुलीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विराटनगर किंग्सका टिम म्यानेजर दीपेन्द्र चौधरी लगायतले शुभकामना मन्तव्य राखेका थिए। 

भद्रपुर ८ नम्बर वडाध्यक्ष तथा क्रिकेट क्लबका उपाध्यक्ष गौरव सुब्बा मनोजले पहिलो सिजनमै सर्वाधिक लोकप्रिय बनेको एनपीएलको ट्रफी भद्रपुर ल्याएकोमा आयोजकलाई धन्यवाद दिएका छन्। ‘ताप्लेजुङमा पाथीभरा माताको पूजा अर्चना पश्चात् एनपीएलको ट्रफी हेलिकोप्टरमार्फत मेची क्याम्पस क्रिकेट मैदानमा उतार्ने कार्यक्रम राखेका थियौ,’ उनले भने, ‘त्यो प्रतिकूल मौसमका कारण हुन सकेन, एनपीएलको ट्रफी टुरले भद्रपुरको पहिचान र गौरवलाई जीवन्त राख्नेछ। 

साथै आगामी पुसमा हुने कोशी च्याम्पियन लिग प्रतियोगिताको लागि पनि एनपीएलको ट्रफी टुरले महत्त्वपूर्ण भूमिका खेल्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ। भद्रपुर पश्चात् मेचीनगरस्थित काँकडभिट्टाको मेची पुल र बिर्तामोडमा एनपीएलको ट्रफी प्रदर्शनी गरेका थिए। सोमबार दमकमा ट्रफी प्रदर्शनीको कार्यक्रम रहेको जनाइएको छ। दोस्रो संस्करणको एनपीएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म काठमाडौंमा हुनेछ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.