माओवादी जुरूक्क उठ्यो भने देशभर चुनाव जित्छौं : प्रचण्ड

माओवादी जुरूक्क उठ्यो भने देशभर चुनाव जित्छौं : प्रचण्ड
तस्बिर : प्रचण्डको सचिवालय
सुन्नुहोस्

गोरखा : जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानका क्रममा गोरखा जिल्ला पालुङटारमा महान् सहिद सुरेश वाग्ले ‘वासु’,भिमसेन पोख्रेल ‘वैरागी’,विजय खनाल ‘दर्शन’ र हरिकला पौडेलको स्मृतिमा सभा तथा जनसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

जनयुद्धको क्रममा गोरखा जिल्लामात्रै १८८ भन्दा बढीले सहादत प्राप्त गरेका थिए भने २० जना बेपत्ता पारिएका थिए। स्मृति सभामा जनजागरण अभियान टिम,गण्डकी प्रदेशका नेताहरू,स्थानीय नेता,कार्यकर्ता तथा ठूलो संख्यामा आम जनसहभागिता रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिदहरूको योगदान स्मरण गर्दै उनीहरूका अपूर्ण सपना पूरा गर्ने संकल्प व्यक्त गरे। उनले सहिद सुरेश वाग्ले ‘वासु’जस्तो उच्च क्षमताका नेताको हत्या पार्टीका लागि ठूलो पीडा भएको उल्लेख गर्दै भाद्र २३ गतेलाई ऐतिहासिक दिनका रूपमा स्मरण गरे।

प्रचण्डले भने,'यो देशमा उत्पीडित वर्ग,लिङ्ग र समुदायका नागरिकले पाएको अधिकार सहिदहरूको योगदानकै कारण सम्भव भएको हो। तिनै सहिदहरूको त्यागलाई सम्मान गर्दै तेस्रो पटक प्रधानमन्त्री हुँदा जनयुद्धका सहिदहरूलाई राष्ट्रिय सहिद घोषणा गर्ने काम सम्पन्न भयो। सत्य निरूपण तथा बेपत्ता आयोग गठन,सहिद परिवारलाई आर्थिक सहयोगका लागि कोष स्थापना,परिवारका सदस्यलाई रोजगारी दिने, र विभिन्न क्षेत्रमा विशेष सुविधा दिने व्यवस्था गरिएको छ।'

उनले हुलाकी मार्ग र मध्यपहाडी लोकमार्ग अभियानबारे अनुभव बाँड्दै जनतासँग प्रत्यक्ष संवाद यस अभियानको प्रमुख उपलब्धि भएको बताए। लम्जुङदेखि गोरखासम्म देखिएको जनसहभागिताले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।

अध्यक्ष प्रचण्डले पालुङटारमा औद्योगिक क्षेत्र स्थापनाका लागि चीनसँग भएको सहमतिको स्मरण गर्दै त्यसलाई अगाडि बढाउने प्रतिबद्धता जनाए। साथै,सुशासन,सामाजिक न्याय,नागरिकता समस्या समाधान,मिटरव्याज पीडितलाई न्याय दिने पहल,नागरिकलाई सामाजिक सुरक्षामा समावेश गर्ने,सिमा समस्यामा कूटनीतिक पहल,भारत–चीनसँगको विद्युत् तथा व्यापारिक सहकार्य,कृषि क्षेत्रमा प्रविधि भित्र्याउने लगायतका उपलब्धिहरूलाई आफ्नो कार्यकालका ठोस कामका रूपमा प्रस्तुत गरे।

बुढीगण्डकी जलविद्युत आयोजना,धुले सडक पिच गर्ने,औद्योगिक पार्क निर्माणजस्ता योजनामा स्रोत सुनिश्चित गरी काम अघि बढाइने अध्यक्ष प्रचण्डले स्पष्ट पारे। उनले भने,'गोरखा ऐतिहासिक जिल्ला हो। अबको गोरखा अझ राम्रो गर्ने क्षमता राख्छ। माओवादी जुरुक्कै उठे क्लिन सुइप गर्ने गरी चुनाव जित्न सकिन्छ।'

कार्यक्रममा गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डेलगायतका नेताहरूले पनि सम्बोधन गर्दै माओवादी केन्द्र नेतृत्वको सरकार र पार्टीले जनतामुखी काम गरिरहेको धारणा राखे। सभामा सहभागी जनसमुदायले सहिदहरूको बलिदानलाई अविस्मरणीय मान्दै माओवादी आन्दोलनप्रति विश्वास प्रकट गरे।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.