मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ- जेनजीलाई दुरुपयोग गरेर हिंसा भड्काइयो

मन्त्रिपरिषद्‍मा प्रधानमन्त्रीको ब्रिफिङ- जेनजीलाई दुरुपयोग गरेर हिंसा भड्काइयो

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाएका थिए।

स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए।

जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ।

मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ। यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ।

यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने  तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ । 

यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ।

मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ। 

काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ।

त्यस्तै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। 

यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। 'यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु,' अन्नपूर्णसँगको कुराकानीमा उनले भनेका थिए।

कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि 'राजीनामा दिन्छु' भन्दै गृहमन्त्री लेख बालुवाटार हिंडेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.