रौतहटको चन्द्रपुर नगरपालिकामा तोड्फोड र आगजनी
रौतहट : रौतहटको चन्द्रपुर नगरपालिकामा तोडफोडसहित आगजनी भएको छ । सोमबार जेनजी पुस्ताले राज्य दमन र हत्याको बिरोधस्वरूप प्रदर्शनमा उत्रिएका युवाहरूले नगरपालिकाको कार्यालयमा तोड्फोड गर्दै आगजनी गरेका छन्।
तोडफोडका कारण नगरपालिकाको भवनको सिसा फुटेको छ, ढोकाहरू फुटाइएका छ्न् भने पार्किङमा राखिएका ट्याक्टर र अन्य गाडीमा आगजनी भएको छ । आगजनी र तोडफोडबाट लाखौंको क्षति भएको अनुमान गरिएको छ ।
सरकारले गरेको विभिन्न स्वेच्छाचारी निर्णय र भ्रष्टाचारविरुद्ध विरोध जनाउँदै सरकारविरुद्ध रौतहटको गौर,गरुडा,कटहरिया,चन्द्रपुरमा टायर बालेर बिहानैबाट जेनजीले आन्दोलन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !