सर्वोच्च अदालतमा आजका सबै सुनुवाइ स्थगित
काठमाडौं : सर्वोच्च अदालतमा आजका सबै सुनुवाइ स्थगित भएका छन्। काठमाडौं उपत्यकामा ‘कर्फ्यू’ लागेकाले अदालतमा नियमित पेसी तोकिएका सबै मुद्दाको सुनुवाइ स्थगित गरिएको हो।
अदालतले जारी गरेको सूचनामा आवागमनमा अवरोध भएकाले बन्दीप्रत्यक्षीकरणको निवेदन र पूरकबाट पेस हुने निवेदनबाहेक सबै सुनुवाइ स्थगित भएको जनाएको छ।
सूचनामा जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरमा आज जारी भएको कर्फ्यू आदेशका कारण आवागमनमा भएको अवरोध तथा विशेष परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवं कानुन व्यवसायीको असहजतालाई ध्यानमा राख्दै सुनुवाइ स्थगित गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !