वीरगन्जको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर, मन्त्री, मेयर र नेताका घरघरमा आगजनी

वीरगन्जको प्रदर्शन सुरक्षाकर्मीको नियन्त्रण बाहिर, मन्त्री, मेयर र नेताका घरघरमा आगजनी
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जमा जेन–जी पुस्ताको आह्वानमा भइरहेको प्रदर्शन तथा आन्दोलनले मंगलबारदेखि  उग्ररुप लिएको छ । वीरगन्जमा कर्फु लागेकै अवस्थामा पनि मंगलबार बिहानदेखि सडकमा उत्रिएका प्रदर्शनकारीले राजनीतिक दल नेता र सरकारी कार्यालयहरूमा तोडफोड र आगजनी गरि ध्वस्त बनाएका छन् ।

प्रदर्शनकारीहरुले वीरगन्जमा कानून न्या तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, खानेपानीमन्त्री प्रदीप यादव,पूर्व संघीय मामिलामन्त्री राजकुमार गुप्ता,मधेसका पूर्वमूखयमन्त्री लालबाबु राउत गदी, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र नेपाली कांग्रेसका केन्द्रिय सदस्य अनिल रुंगटाको घरमा तोडफोड गर्दै आगजनी गरेका हुन् ।

आगजनीबाट ती सबै नेताहरुको घर पूर्ण रुपमा जलेर ध्वस्त नै भएको छ । ती घरमा रहेका चारपाङग्रे गाडी र मोटरसाइकलपनि आगजनीबाट पूर्ण रुपले क्षतिग्रस्त बनेका छन् । प्रदर्शनकारीहरूले वीरगन्ज–२४ रामगढवास्थित नेपाली कांग्रेस र वीरगन्ज–२४ मनमोहनगरस्थित नेकपा एमालेको पार्टी कार्यालयमापनि तोडफोड गर्दै आगजनी गरेका छन् ।   

यस्तै प्रदर्शनकारीहरुले वीरगन्ज महानगरपालिकाको कार्यालय, नेपाल टेलिकमको कार्यालय र आन्तरिक राजस्व कार्यालयमा पनि आगजनी गरेका छन् । आगजनीबाट ती दुवै कार्यालयमा रहेका उपकरण,फर्निचर, काजगपत्रहरु सबै जलेर नष्ट भएका छन् । यस्तै टेलिकमको एउटा गाडीपनि प्रदर्शनकारीले सडकमा निकालेर आगो लगाइदिएका थिए ।

यस्तै प्रदर्शनकारीले वीरगन्ज–९ घण्टाघरस्थित नेपाल प्रहरीको अस्थायी पोष्ट, वीरगन्ज–१० अशोकवाटिकास्थित नेपाल प्रहरीकै अस्थायी पोष्ट र वीरगन्ज–११ रानीघाटस्थित नेपाल प्रहरीको अस्थायी पोष्टमापनि आगजनी गरेका छन् । प्रदर्शनकारीले आगजनी गर्न थालेपछि त्यहाँ कार्यरत प्रहरीहरु प्रहरी पोष्ट छाडेर भागेका थिए ।  

कर्फ्यू लागेकै बेला मंगलबार बिहान १० बजेपछि घण्टाघर र माइस्थान चोकमा प्रदर्शनकारीहरुले सडकमा टायर बालेर प्रदर्शन सुरु गरेका थिए । प्रदर्शनकारीले ढुंगामुढा हुन थालेपछि सुरुमा प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो । त्यसले स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरीले प्रदर्शनकारीमाथि रबरको गोली र हवाई फायरपनि गरेको थियो ।त्यति गर्दापनि स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरी पछाडि हट्न बाध्य बनेको थियो । प्रहरी पछि हटेपछि प्रदर्शनकारीहरुले सडक कब्जामा लिनुका साथै मन्त्री,सांसद, नेताहरुको घर घरमा पुगेर तोडफोड र आगजनी गरेका थिए । 
स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीको तर्फबाट मंगलबार साँझसम्म कति राउण्ड अश्रु ग्यास र हवाई फायर गरिएको भन्ने बारेमा यकिन विवरण संकलन नभइसकेकोे पर्साका प्रमुख जिल्ला अधिकारी तोयनाारायण सुवेदीले जानकारी दिए । यस्तै प्रहरी र प्रदर्शनकारीबीच ठाँउ ठाँउमा भएको झडपमा तीन दर्जनभन्दा बढी  सुरक्षाकर्मी र दुई दर्जन प्रदर्शनकारी घाइते भएको उनले बताए । 

यसैबिच वीरगन्जमा जिल्ला प्रशासन कार्यालयले कर्फु आदेशलाई मंगलबार साँझ देखि थप लम्ब्याएको छ ।स्थिती नियन्त्रण बाहिर गएपछि वीरगन्जमा सोमबार राति ९ बजेदेखि लगाइएको कर्फु मंगलबार साँझ ६बजेदेखि अनिश्चितकालका लागि थपिएको प्रमुख जिल्ला अधिकारी सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.