आज दिनभर निषेधाज्ञा, भोलि बिहानसम्म कर्फ्यु
रौतहट : रौतहटमा आज बिहान ६ बजेदेखि बेलुकी साँझ ७ बजेसम्म निषेधाज्ञा र ७ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ।
यो आदेशसँगै जिल्लामा निषेधाज्ञा र कर्फ्यु लम्बिँदै गएको छ। जिल्ला प्रशासन कार्यालयले जिल्लाभर दिनभरि निषेधाज्ञा र साँझ कर्फ्यु आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी विनोद कुमार खड्काले जानकारी दिए।
जिल्ला सुरक्षा समितिको निर्णय अनुसार निषेधाज्ञा अवधिभर पाँच जनाभन्दा बढी मानिस भेला वा जमघट गर्न नपाइने, यातायातका साधन (सार्वजनिक तथा निजी) सञ्चालनमा रोक लगाइने जनाएको छ।
तर आकस्मिक सेवाका सवारी साधन (एम्बुलेन्स, स्वास्थ्य, खानेपानी, खाद्यान्न, औषधि, दूध, सब्जी, दुग्ध पदार्थ तथा दूध ढुवानीका साधन,सञ्चार माध्यमका गाडी)मा भने रोक नहुने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालयले आदेश उल्लङ्घन गर्नेहरूलाई प्रचलित कानुन बमोजिम कारबाही गरिने प्रजिअ खडकाले बताए।
प्रतिक्रिया दिनुहोस !