गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो, कर्मचारी प्रहरी नियन्त्रणमा

गाउँपालिकामा आफ्नै कर्मचारीले लगाए आगो, कर्मचारी प्रहरी नियन्त्रणमा
सुन्नुहोस्

बुटवल : प्युठानको झिमरुक गाउँपालिका कार्यरत एक कर्मचारीले आफ्नै गाउँपालिकामा आगो  लगाएका छन्। गाउँपालिकामा कार्यरत रोजगार संयोजक सुदर्शक जिसीले गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको कक्षमा आगो लगाएका हुन्। उपाध्यक्ष प्रमोद पोखरेलको कार्यकक्षमा तोडफोड गरिएको छ। 

गाउँपालिका कार्यालय नजिकै कोठा भाडा लिएर बस्दै आएका जिसीले शुक्रबार राति आगलागी गरेका हुन्। उनी अघिल्लो सरकारको पालादेखि नै गाउँपालिकामा करारमा कार्यरत छन्। आफ्नै गाउँपालिकामा आगो लगाएका कर्मचारी जिसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

‘नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ’,जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेश बस्यालले भने, ‘गाउँपालिकाले निर्णय गरेर किटानी जाहेरी गर्छौ भनेका छन्’, उनले भने,‘कानुन अनुसार कारबाही हुन्छ।’ 

कार्यालयकै कर्मचारीले आगो लगाएपछि कर्मचारीहरूमा समेत त्रास देखिएको प्रमुख प्रशासकीय अधिकृत शाकुन्तला अर्यालले प्रतिक्रिया दिइन्। गाउँकार्यपालिकाको आइतबार बिहान साढे ७ बजे बैठक बस्दै छ। 

उक्त बैठकले आगो लगाउने कर्मचारीमाथि कारबाहीका विषयमा निर्णय गर्दैछ। आइतबारसम्म गाउँपालिकाको निर्णय पर्खिरहेको समेत प्रहरी नायब उपरीक्षक बस्यालले बताएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.